Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२६औं दिनमा गुरुहरुसँग प्रहरीको झडप

काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हानेको छ । सोक्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।