Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२६३८ कोरोना संक्रमित थपिँदा, २१७४ जना कोरोनामुक्त

काठमाडौँ । कोरोना सक्रमणको अवस्था आज केही घटेको छ । पछिल्लो २४ घण्टामा बुधबार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख १७ हजार ९९६ संक्रमितको संख्या पुगेको जनाए । यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

कोरोनाबाट थप १२ को मृत्यु
बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोरोना निको भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ । गौतमका अनुसार आजसम्म ८० हजार ९४५ जना कोरोना निको भएका छन् ।

उपत्यकामा १४०३ नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।