Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो ।

यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ४।४० अंकले बढेर ३८१।०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ ।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ ।

समग्रमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।


सम्बन्धित समाचार