Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२८ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २८ एसएसपीको सरुवा गरेको छ । डीआईजी बढुवाका कारण रिक्त र न्युनतम कार्य अवधि पुगेका एसएसपीको सरुवा भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा नवराज अधिकारी सरुवा भएका छन् । त्यहाँका प्रमुख विनोद घिमिरे डीआईजी बढुवा भई आईजी सचिवालयमा पदस्थापित भएका थिए । मानव बेचबिखन अनुसन्धान व्युरोको प्रमुखमा कृष्णप्रसाद पंगेनी, लागुऔषध नियन्त्रण व्युरोमा कृष्णप्रसाद कोइराला र नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरमा प्रकाश मल्ल सरुवा भएका छन् ।

    


सम्बन्धित समाचार

यातायात व्यवसायी धर्नामा

२०८२ जेष्ठ १९

ताजा नेपाल