Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राजस्व अनुसन्धान विभाग राजस्व छली र अबैध हुन्डी कारोबारीलाई संरक्षण गर्ने अड्डामा परिणत भएको छ । जिल्ला प्रहरी कार्यालय बाराले केही समय अघि भन्सारछलीका सामान बोकेको ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझायो । ती ट्रक पथलैयाबाट विभागमा पठाउन निर्देशन दिइयो । विभागमा पठाएपछि ब्यापारीसँग कुरा मिलाएर ट्रक छाडियो । त्यसैगरी, सुनसरीको दुहवीस्थित सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ प्रालिले हुन्डीमार्फत् अबैध रुपमा भारतमा पैसा पठाई अर्बको चामल नेपालमा ल्याई बिक्रीबितरण गरेको उजुरी राजस्व अनुसन्धान कार्यालय इटहरीमा पर्यो । इटहरी राजस्वले प्रारम्भिक रुपमा छानबिन गर्दा राजस्व छली भएको देखियो । त्यसको रिपोर्टिङ महानिर्देशक नवराज ढुंगानासमक्ष तत्कालीन कार्यालय प्रमुख सुरेश आचार्यले गरे । रिपोर्टिङ लगत्तै छानबिनका नाममा उक्त केस विभागले नै हेर्नेगरी फाइल मगाइयो । अहिले उक्त मुद्दा छानबिनका बहनामा बिभागले ढिसमिस पार्न खोजिरहेको छ । गएको असोजदेखि विभागले छानबिन गरिरहेको भन्दै आएको छ । सेन्चुरी फुड प्याकेजिङ एण्ड प्रोसेसिङ उद्योगका अध्यक्ष राजेन्द्रप्रसाद अग्रवालले पौने २ अर्ब रुपैयाँ भारतमा हुन्डी गरेर पठाई चामल ल्याएर बिक्रीबितरण गरेको देखिए पनि राजस्वका डीजी ढुंगानाले ५ महिनादेखि छानबिन भइरहेको भन्दै उनलाई उन्मुक्ति दिएका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुंगानासँग ५ महिनादेखि जारी छानबिन कहिले सकिन्छ भन्ने जिज्ञासामा उनले भने– उक्त कम्पनीमा हुन्डी, करछली र चोरीपैठारीसम्बन्धी कानुन आकर्षित हुने र सोही बिषयमा केन्द्रित भएर विभागले छानबिन गरिरहेका कारण विभागको छानबिन कहिले सकिन्छ भन्न सकिंदैन । सेन्चुरी फुडले अबैध रुपमा हुन्डीमार्फत् पैसा पठाएर चामल भित्र्याएको सूचना बिभाग र इटहरी कार्यालयले बेवास्ता गर्दैआएका छन् । उक्त कम्पनीले राजस्वले निरन्तर रुपमा हुन्डीबाट पैसा पठाइ चामल ल्याइरहेको छ । तर राजस्वले आँखा चिम्लिएको छ । एकाध लाख हुन्डी गर्नेलाई पक्राउ गरी कारबाही गर्ने राजस्व अनुसन्धान विभागले अहिलेसम्म २ अर्बभन्दा बढीको कारोबार गरेको देखिंदा पनि सेन्चुरीलाई छानबिन गरिरहेको भन्दै उन्मुक्ति दिएको छ । गतहप्तामात्र उक्त कम्पनीको दुहवीस्थित गोदाममा ५० मेट्रिक टन चामल भारतबाट ल्याएर रातारात गोदाममा राखी बिक्री बितरण गरिएको स्रोतले बताएको छ । सशस्त्र प्रहरीलाई यसबारेमा सूचना पुगे पनि कार्यालय र बिभागको निर्देशन पर्खिंदा पर्खिदै तस्करीको चामल गायब पारिसकिएको थियो । भारतले अहिले नेपालमा चामल ल्याउन प्रतिबन्ध लगाएको छ । सीमा जोडिएका नेपालका चामल मिलहरुले सेन्चुरी जस्तै तस्करीमार्फत् चामल आयात गरी बिक्री बितरण गर्दा विभाग भने मानवीय र रोटीबेटीको सम्बन्ध भन्दै आर्थिक लाभ लिएर कारबाही गर्न पन्छिरहेको छ । सेन्चुरीले नेपालकै राजबिराजमा रहेको गिरीधारी खाद्य उद्योगबाट चामल खरिदको बिल पेश गरी उन्मुक्ति लिन खोजेको छ । जबकि अति नै सानो स्केलमा र पत्याउनै नसकिने गिरीधारीले अरबौको चामल सेन्चुरीलाई कसरी बिक्री गर्यो ? त्यसको मिहीन छानबिन गर्ने हो भने गिरीधारीलाई समेत कारबाही हुने राजस्वकै कर्मचारी बताउँछन् । हुन्डी कारोबार गरेको प्रमाण नै फेलापरेको भए पनि राजस्व अनुसन्धानले ५ महिनासम्म पनि टुंगो लगाउन नसक्नुले सेन्चुरीको प्रभावमा विभागका डीजी ढुंगाना परेको आशंका जन्मिएको छ । दैनिक गुजारा चलाउन २–४ केजी चामल र चिनी ल्याउने नागरिकलाई भन्सारमा दुःख र सास्ती दिने गरिन्छ, तर अरबौको चामल हुन्डीबाट रकम पठाएर तस्करी गर्ने सेन्चुरीका संचालकसँग राजस्वका कर्मचारीको उठबसकै कारण छानबिनलाई प्रभावित बनाउन खोजिएको छ । राजस्व अनुसन्धान इटहरीका तत्कालीन कार्यालय प्रमुख प्रमुख सुरेश आचार्य आफूले सेन्चुरीको अबैध कारोबार रोक्न छानबिन अगाडि बढाएपछि महानिर्देशक ढुंगानाले फाइल विभागमै पठाउनू भन्ने आदेश दिनुभयो । त्यही आदेश अनुसार विभागमा फाइल बुझाइसकेको र अझै पनि छानबिन भइरहेको जानकारी आफूले पाएको प्रतिक्रिया दिए । उनले भने–विभागले छानबिन गरिसकेपछि कार्यालयले हेर्न मिल्दैन । अहिले विभागमा फाइल पठाएको बहानामा सेन्चुरीले तस्करी गरिरहेको सूचना इटहरी राजस्वका कर्मचारीले पाए पनि महानिर्देशक ढुंगानाका कारण थाहा नपाएजसरी बस्न विबश छन् । जबकि आचार्य सेन्चुरी प्रकरणमा आर्थिक लेनदेन गरेको आरोप लागेपछि सरुवा भएको बताइएको थियो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल