Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२ लाख ३० हजारले मागे लाइसेन्स

काठमाडौँ । नागरिकता जस्तै उमेर पुगेपछि निश्चित परीक्षा पार गरेर लिन पाउनु पर्ने लाइसेन्समा यातायात माफियाको सिन्डिकेट यथावत छ । यातायात माफियाको मिलेमतोमा बेला बेला खुल्ने लाइसेन्सको आवेदन माफियाहरुको चाहनाअनुसार खुल्ने गरेको छ । एक हप्तामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि दुई लाख ३० हजारले आवेदन दिएका छन् । यातायात व्यवस्था विभागले गत कात्तिक ८ गते नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।

एक सातामा दुई पटक प्राविधिक समस्या आएको भन्दै विभागले सूचना जारी गर्दै आवेदन बन्द गरेको जनाएको थियो । सुरु–सुरुमा १० लाख जनासम्मले एकैपटक सिस्टममा फारम भर्ने प्रयास गर्दा ढिलो र ‘इरर’ आएको बताइएको छ । ६ महिनापछि नयाँ लाइसेन्सको आवेदन खुलेपछि भर्नेको चाप बढेको हो ।

सबै प्रकारका सवारीको लाइसेन्सका लागि आवेदन खुला गरिएको हो । फारम भरेर बसेका नयाँ लाइसेन्स लिनेको संख्या अझै साढे ३ लाख बढी छ । यो संख्या सबैभन्दा धेरै काठमाडौंमा छ । नयाँ लाइसेन्सका लागि काठमाडौंका यातायात कार्यालयको नाम राखेर फारम भरे चार महिना र उपत्यका बाहिरका कार्यालयको नाम राखेर भरे १५ दिनदेखि एक महिनाभित्रमा पालो आउने उनको भनाइ छ ।