Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२ हजार प्रहरीको घेराबन्दीमा भारतीय सेना प्रमुखकाे नेपाल प्रवेश

काठमाडौं । २ हजार नेपाली प्रहरीको घेराबन्दीमा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं उत्रिएका छन् । उनको सुरक्षामा कहीकतै कमजोरी नहोस् भनेर २ जहार प्रहरी परिचालन गरिएको हो । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् ।

उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम छ । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

यस्तो छ सुरक्षा व्यवस्था
भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था पारिएको छ । भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं उत्रिएका नरवणे हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको छ । सडकमा सादा पोशाक र बर्दीमा प्रहरी परिचालन गरिएको छ ।

नेपाली सेनाले पनि ठूलो संख्यामा सादा पोशाकका सैनिक खटाएको छ । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका कारण नरवणेको भ्रमण लक्षित सुरक्षा सतर्कता कडा बनाइएको हो । सेनाले उनलाई विमानस्थलबाट स्कर्टिङ गरेर सोल्टी होटल लगेको छ । बुधवार नै उनले पशुपती दर्शन गर्दै छन् । पशुपति दर्शनका लागि पनि तिनवटा रुट तय गरिएको छ ।


सम्बन्धित समाचार