Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना संक्रमण मुक्त, १८ जनाले ज्यान गुमाए

काठमाडौं । बितेको २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

३४३० जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या जनाएको छ। यो सँगै नेपालमा १ लाख ४८ हजार ४ सय ८ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ७९ दशमलभ ८ प्रतिशत रहेको छ। मन्त्रालयका अनुसार १३ हजार ३८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ७ हजार १ सय ९० जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

उपत्यकामा १३९८ जना नयाँ संक्रमित
गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। एकै दिन भेटिएका ३ हजार ५१ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ३ सय ९८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १ सय ४७ र ललितपुरमा १ सय ६० जना संक्रमित भेटिएका हुन्। यो सँगै संक्रमितको संख्या काठमाडौंमा ६८ हजार ४ सय ४९ पुगेको छ। जसमध्ये ५१ हजार ८ सय ५९ जना उपचारपछि निको भएका छन्। २ सय ५९ जनाको मृत्यु भएको छ। काठमाडौंमा १६ हजार ३ सय ३१ जन सक्रिय संक्रमित छन्। भक्तपुरमा संक्रमितको संख्या ६ हजार २ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ। कुल संक्रमितमध्ये १ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन्। हालसम्म भक्तपुरमा ६९ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय १५ जना उपचारपछि निको भएका छन्।
ललितपुरमा हालसम्म ९ हजार ६ सय ६३ संक्रमित भेटिएका छन्। जसमध्ये ६५ जनाको मृत्यु र ७ हजार ३ सय २२ जना उपचारपछि निको भएका छन्। हाल ललितपुरमा २ हजार २ सय ७६ जना उपचाररत छन्।


सम्बन्धित समाचार