Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरले २० उम्मेदवार मध्ये १ लाइ बिजय गराउँदै,आजबाटै मतगणना सुरु हुने

१६ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले जानकारी गराए ।

नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतपत्रका सबै बाकस आउनु पर्‍यो । भण्डारण गर्नुपर्‍यो । सर्वपक्षीय छलफल गर्नुपर्‍यो, पौड्यालले हामिलाइ भने,सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुन्छ ।

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन् ।