Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३२ वर्षमै अस्ताएकी पुनम

काठमाडौं । भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेको निधन भएको छ । सर्भिकल क्यान्सर९पाठेघरको मुखको क्यान्सर० का कारण ३२ वर्षको उमेरमै उनको मृत्यु भएको हो । शुक्रबार बिहान उनैको सामाजिक सञ्जालमार्फत निधनको खबर सार्वजनिक भएको थियो । उक्त पोस्टमा पुनमको मृत्यु भएको लेखिएको छ । पोस्टमा लेखिएको छ, ‘आजको बिहानी हाम्रो लागि कठिन छ । सर्भिकलको क्यान्सरका कारण हामीले हाम्रो प्यारी पूनमलाई गुमाउनु परेको जानकारी गराउनु पर्दा अत्यन्त दुःख लागेको छ । शोकको यस समयमा हामी सबैलाई गोपनियता कायम गर्न अनुरोध गर्दछौं ।’

पाण्डेको आकस्मिक निधनको खबरले उनका फ्यान र शुभचिन्तकहरु स्तब्ध छन् । ११ मार्च, १९९१ मा भारतको कानपुरमा जन्मिएकी पुनमको करिअर प्राय चर्चा र विवादले भरिएको थियो । उनी प्राय हट र बोल्ड फोटोसुटमा रमाउने गर्थिन् । यसैबाट उनले फलोअर्सहरु कमाइन् । तर, सामाजिक सञ्जालमा चर्चा पाएजति करिअरमा सफलता भने उनले पाइनन् । चलचित्र ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । ‘नशा’ २०१३ मा बनेको थियो । कंगना रनौतको रियालिटी शो ‘लकअप’ र ‘खतरों के खिलाडी १३’ समेत मा भाग लिएकी पाण्डे पछिल्लो पटक चलचित्र ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् ।
उनी ‘ग्ल्याडर्याग्स म्यानअन्ट’ र ‘मेगामोडल कन्टेस्ट’ को शीर्ष नौ मा सफल भएकी प्रतियोगी पनि हुन् । जसपश्चात उनी म्यागजिन कभरहरुको हेडलाईन पनि बनेकी थिईन् । पूनम अभिन भन्दा बढी आफ्ना हट तस्विरहरुका कारण लोकप्रिय छिन् ।

वर्ष २०११ मा उनले राखेको एक सर्तका कारण उनी एकाएक चर्चाको पात्र बनेकी थिईन् । उनले २०११ मा भारतीय क्रिकेट टोलीले विश्वकप घर ल्याए निर्वस्त्र हुने घोषणा गरेकी थिइन् । भारतले सो वर्ष विश्वकप जित्यो पनि । तर उनले आफ्नो घोषणा भने पुरा गरिनन् । आफ्नो घोषणा पूरा गर्न बीसीसीआई बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डियाले अनुमति नदिएको उनको दाबी थियो । २०११ मा राखेको शर्त पुरा नगरे पनि सन् २०१२ मा भने कोलकाता नाइट राइडर्सले आईपीएल जितेपछि उनले नग्न पोज दिएकी थिइन् ।

के हो सर्भिकल क्यान्सर
पछिल्लो समय अधिकतम महिलामा देखिएको क्यान्सर हो, सर्भिकल क्यान्सर । सर्भिकल क्यान्सर पाठेघरको मुखको क्यान्सर त्यस्तो क्यान्सर हो जुन पाठेघरको तल्लो भागमा सुरु हुन्छ । यस क्यान्सरलाई साइलेन्ट किलर पनि भन्ने गरिन्छ किनकी सुरुवाती चरणमा यस रोगको लक्षणहरू खासै देखिदैनन् । आफैं सर्तक रहेर बेलाबेला यसको जाँच गराईरहनु पर्दछ। महिनावारी बिच असामान्य रक्तस्राव हुनु, यौन सम्पर्क पछि रगत बग्नु, रजोनिवृत्ति पछि पनि रक्तस्राव हुनु, पिसाबको समयमा दुखाइ र असहज महशुस हुनु, असामान्य तरिकाले वजन घट्नु, लगातार थकान लाग्नु, शरीरमा ऊर्जाको कमी महशुस हुनु, आदि सर्भिकल क्यान्सरका केही लक्षणहरु हुन् ।


सम्बन्धित समाचार