Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३३ हजार फिटको उचाईमा पुस्तक सार्वजनिक

काठमाडौं । विश्वविख्यात स्वीस घडीका मोडल, पर्यटन व्यवसायी एवं समाजसेवी आङ तेम्बा शेर्पाको संघर्षपूर्ण जीवनीमा आधारित रहेर पुस्तक प्रकाशित भएको छ । हिमाली हाँसो नामक सो पुस्तकमा आङतेम्बाका बाल्यकालदेखि हालसम्मको संघर्षपूर्ण जीवन र सफलतालाई शब्द र तस्बिरमा उतारिएको छ । शेर्पाका बारेमा विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचार, लेख, जीवनी, अन्तर्वाता लगायतका विषयलाई समावेश गरिएको उक्त पुस्तकमा उहाँका सार्वजनिक हुन बाँकी संघर्ष र सफलताका कथालाई समेत उतारिएको छ । आफ्नो जीवनीमाथि लेखिएको पुस्तक ‘हिमाली हाँसो’ को फरक ढंगबाट सार्वजनिक गरिएको छ । गत हप्ता नेपालबाट दिल्लीका लागि उडान भर्दै गरेको एयर इन्डिया विमानमै सो पुस्तक शेर्पाले सार्वजनिक गर्नुभएको हो । ३३ हजार फिटको उचाईमा उडिरहेको जहाजभित्र यात्रु र चालक दलका सदस्यमाझ सो पुस्तक सार्वजनिक गरिएको थियो । पुस्तकमा स्वीटजरल्याण्डका चर्चित भू वैज्ञानिक तथा लेखक टोनी हेगनदेखि अन्य मुलुकका चर्चित व्यक्तित्वहरूले शेर्पाका बारेमा लेखेका विषयलाई समेत पुस्तकमा समेटिएको छ ।
पर्यटन व्यवसायी÷पथप्रदर्शक समेत रहनुभएका शेर्पा विभिन्न देशको यात्राको भ्रमण तालिका लिएर निस्कनुभएको छ । यात्राका क्रममा पुगिने विभिन्न मुलुकमा फरक फरक तरिकाले सो पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको शेर्पाले बताउनुभयो । स्वीस अर्पन क्लबका पूर्व अध्यक्ष बेर्नाड रुडल्फ बेञ्जाफले भारतको लद्दाकमा सार्वजनिक गर्नुभएको छ । सञ्चारकर्मी भविन्द्र कार्कीको लेखन तथा सम्पादन रहेको उक्त पुस्तक ग्लोबल कनेक्ट नेपालले प्रकाशित गरेको हो ।