Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

३५ जिल्लाका नदीमा बाढीको जोखिम

काठमाडौं । मनसुन देशभर फेलिएसँगै वर्षा हुने क्रम बढेको छ । काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । यस्तो वर्षा लगातार तीन दिनसम्म जारी हरने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वर्षा हुने क्रम बढेसँगै देशभरका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम पनि बढेको छ । पूर्वानुमान महाशाखाले काठमाडौंसहित देशका ३५ भन्दा बढी जिल्ला भई बहने खोला, नदीमा बाढी आउने सम्भावना देखिएको जनाएको छ ।
विभागको बुलेटिनअनुसार आज बारा, पर्सा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, कास्की, पर्वत, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा आकस्मिक बहावको जोखिम रहने सम्भावना छ। यस्तै संखुवासभा, गोखलढुंगा दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, काठमाडौं, भक्तपुर, ललितपुर, सुर्खेत, दैलेख, अछाम, बाजुरा र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने अनुमान रहेको महाशाखाले जनाएको छ।
माथि उल्लेखित जिल्लामा बाढीको जोखिम भउकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।