Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं – मंसिर सकिएसँगै यस वर्षलाई बिहेका लगन सकिएका छन् । यो बीचमा धेरै नेपाली कलाकार विवाह बन्धनमा बाँधिएका छन् । प्रियंका कार्की र आँचल शर्माले गत वर्ष नै धुमधाम बिहे गरेका थिए । यो मंसिरमा नायिका स्वेता खड्काले पनि बिहे गरिन् । नेपाली समाजमा युवतीलाई अझ छिटो बिहे गर्न दबाब दिइन्छ । यसबाट कलाकार के अछूतो रहन सक्थे र ? अझ पछिल्लो समय कलाकारले भटाभट बिहे गरिरहेका बेला उमेर पुगेका नायिकाहरुलाई बिहेको दबाब नआउने कुरै भएन । नायिका बेनिशा हमालले आफूलाई केही वर्षयता परिवार र आफन्तबाट बिहेको दबाब आइरहेको बताएकी छिन् ।
उनले सामाजिक सञ्जालमा उल्ल्खेख गरेकी छिन् – तपाईं कसैसँग सम्बन्धमा भए या नभए पनि एक महिलालाई बिहेको दबाब आउँछ । मैले पनि ३ वर्षदेखि यस्तै दबाब महसुस गरेकी छु । कहिलेकाहीँ त तनाव पनि हुन्छ । यसलाई कतिपयले बेनिशाले पनि बिहे गर्ने सोच बनाएको टिप्पणी गरेका छन् । कतिले भने उनलाई बिहे गर्न सुझाव समेत दिएका छन् ।
बेनिशा केही समययता निर्माता रौनक विक्रम कँडेलसँग प्रेम सम्बन्धमा रहेको चर्चा चल्ने गर्छ । बेनिशाले अभिनय गर्ने फिल्म ‘भाँडाकुटी’ माघदेखि छायांकनमा जानेछ । सामाजिक कथामा बन्ने यो फिल्ममा मुकुन भुसालको पनि शीर्ष भूमिका रहनेछ । फिल्मको निर्देशन किरण विकले गर्दैछन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल