Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । वर्षा हुने क्रम बढेसँगै देशभर बाढी तथा पहिरोको जोखिम पनि बढेको छ। यसै क्रममा जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीको सम्भावना तथा खतरा कहाँ(कहाँ छ भन्ने विषयमा जानकारी गराएको छ। बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै भए पनि बाढी बढ्दै जाने बढ्ने सम्भावना छ। साथै आज ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बाग्लुङ, मनाङ, गोरखा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया र आसपासका जिल्ला भई वहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ। यसैगरी आज इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, कास्की, तनहुँ, स्याङजा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल