Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४० लाख किशोरी प्रत्येक वर्ष इच्छाविपरीत नै गर्भवती

एजेन्सी । वर्षैपिच्छे एक करोड ६० लाख १५–१९ वर्षका किशोरीहरूले बच्चा पाइरहेका छन् । संसारमा जन्मने बच्चाहरूमध्ये १० जनामा १ जना किशोरी आमा छन् । त्यस्ता किशोरी आमा र उनले जन्माएका बच्चाहरूलाई विशेष स्वास्थ्य सुरक्षा जरूरी पर्छ । उनीहरूमा रोगसँग लड्ने क्षमता कम हुनेहुनाले जन्मने बच्चाहरू मर्ने सम्भावना पनि धेरै हुन्छ । त्यसैगरी आआफ्नो साँस्कृतिक मान्यता अनुसार उनीहरूलाइ सामाजिक बहिस्कारको जोखिम पनि बढी नै हुन्छ ।

संसारका सबै कुना कुनामा किशोरी आमाहरू छन् । तर उनीहरूमध्ये ९५ प्रतिशत गरिब मुलुकमा नै छन् । यसमध्ये पनि सबैभन्दा बढी अफ्रिकाको सव(सहारा क्षेत्रमा छन्, जहाँ हरेक एक सेकेण्डमा २० वर्ष मुनिको एक किशोरी आमा हुन्छिन् । एसियामा बंगलादेश र भारत, ल्याटिन अमेरिका र क्यारेवियन जस्ता मुलुकहरूमा किशोरी गर्भवतीको संख्या अन्यत्र भन्दा धेरै छ । यसरी यी मुलुकहरूमा किशोरी आमा बढी हुने कुरालाई त्यहींको सामाजिक–सांस्कृतिक प्रचलनहरूले पनि सहयोग पुर्याएको छ ।
यदाकदा बाहेक संसारमा प्रायः किशोरी आमाहरू विवाहित नै हुन र बच्चा पनि सोही इच्छा अनुसार पाएका हुन्न्छन् । कम विकसित देशहरूमा ९० प्रतिशत किशोरी आमाहरू विवाहित हुन् । यसका साथै चार किशोरी गर्भवतीमध्ये तीनवटीचाहिं योजनाबद्ध रूपमै गर्भवती भएका छन् । जे होस्, हरेक वर्ष ४० लाख किशोरीहरू चाहिं आफ्नो इच्छाविपरीत नै गर्भवती भएका हुन्छन् ।
सामान्यता, कम उमेरमा गर्भवती हुनु भनेको आमा र बच्चा दुवैको ज्यान जोखिममा पार्नु हो । धरै देशहरूमा १५ देखि १९ वर्षका किशोरीहरूको गर्भका कारण मर्ने जोखिम वयस्कको दाँजोमा २ गुणा हुन्छ र १५ वर्ष मुनिकामा त यो भन्दा पनि बढी हुन्छ । किशोरी आमाहरूका बच्चाहरूको मर्ने जोखिम पनि बढी नै हुन्छ ।