Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ ल्याएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षा योजनामा सीमा नाकामा कुकुर परिचालन गर्नेदेखि प्रदेशका राजमार्गमा स्कर्टिङ मोवाइल गस्ती र तत्काल रेस्पोन्स टिम परिचालन गर्नेसम्मका योजना समेटिएका छन् । चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक -एसपी) माधव श्रेष्ठले जानकारी दिए ।
‘अवैध चोरी निकासी रोक्ने, धार्मिक सद्भाव कायम राख्ने र कुनै पनि साम्प्रदायिक घटना हुन नदिने, दुर्घटना न्यूनीकरण गर्ने र जुतावास खेल्न रोक्नेलगायत चाडबाडको समयमा हुन सक्ने कुनै पनि आपराधिक कि्रयाकलाप रोक्ने प्रहरीको योजना छ,’ एसपी श्रेष्ठले भने । उनका अनुसार प्रदेशका १० जिल्लामा चार हजार ३५१ जना सुरक्षाकर्मी खटाइएको छ । ‘हामीले एरिया विभाजन गरेर विभिन्न क्षेत्रमा विशेष प्रहरी टोली खटाएका छौं’ एसपी श्रेष्ठले भने, ‘प्रदेशका १४४ स्थानमा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गरिने छ ।’
चार्डपर्वको अवधिभर प्रदेशका ३८७ स्थानमा पिकेट, राजमार्गमा स्कर्टिङ मोवाईल गस्ती र पैदल गस्ती गरिने छ । १२९ स्थानमा नियमित चेक प्वाइन्ट ड्युटी, ४६ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ, ७० स्थानमा झै-झगडा, चोरी लुटपाट, मापसे.नियन्त्रण टिम परिचालन र १८ स्थानमा विशेष चेकिङ (लामो दुरिको सवारी चेकिङ) गरिने प्रदेश प्रहरीलेे जनाएको छ । खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गरिने बताइएको छ । त्यस्का लागि प्रदेशका ९७ स्थानमा बजार अनुगमन गरिने छ ।
क्वारेन्टाइन तथा आइसोलेसन र आकस्मिक सभा जुलुस, धर्नालगायतको कार्यक्रमको सुरक्षा १३/१३ स्थानमा गरिने छ । चाडपर्व अवधिभर अपराधिक गतिविधि तथा सवारी दुर्घटना नियन्त्रण गर्न प्रदेश प्रहरी कार्यालयसहित प्रत्येक जिल्लामा एक/एक वटा ‘कमाण्ड सेन्टर’को पनि स्थापना गरिने छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल