Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

४७ जना फरार प्रतिवादीहरु पक्राउ

मोरङ । विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु ४६ जनालाई सोमबार र १ जनालाई मंगलबार गरी ४७ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।
ती मध्ये चोरी, लागूऔषध, अंशचलन, सार्वजनीक अपराध, जुवा तथा लुटपाट लगायतका अपराधमा जिल्ला अदालत मोरङबाट कैद तथा जरिवाना सजाय तोकी हालसम्म फरार रहेका ४६ जना प्रतिवादीहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
साथै जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत मोरङको २०७५ पुस २६ गतेको फैसलाले २ बर्ष ६ महिना कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी केराबारी गाउँपालिका(९ बस्ने २५ वर्षीय तिल बहादुर श्रेष्ठलाई मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सवै जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


सम्बन्धित समाचार