Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार

१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।
नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा भएको छ ।
दिनभर भएका एक लाख ५ हजार ७ सय ७५ कारोबारबाट २३ क म्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएक छन् । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।