Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशभरका झण्डै ५० प्रतिशत संक्रमित राजधानीमा भेटिन थालेका छन् । दैनिक रुपमा राजधानीमा संक्रमित भेटिनेक्रम बढेको छ । मंगलबार देशभर एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ५१३ संक्रमित थपिएको जानकारी दिए। योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।
हालसम्म ५५ हजार ३७१ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ७३१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ। गत २४ घण्टामा १० हजार ८९१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ५हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै आज काठमाडौं उपत्यकामा ९३४ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना नयाँ संक्रमित थपिएका छन्।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल