Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । २६०८ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २६१३ बिन्दुमा उक्लिएको हो । आज नेप्सेले २६१८ बिन्दुको उच्च अंक छोयो भने कममा २६०० सम्म झर्‍यो । 

मंगलबार १०६ कम्पनीको मूल्य बढ्यो । जसमा मन्दाकिनी जलविद्युतको सेयरमा सकारात्मक सर्किट लाग्यो । सप्तकोशी विकास बैंकको मूल्य ८ प्रतिशतले बढ्यो । आज रिभर फल्स पावर लिमिटेडका लगानीकर्ता सबैभन्दा धेरै गुमानेमा परे । यो कम्पनीको मूल्य ९ प्रतिशतले घटेको छ ।

कारोबार  ६ अर्ब १९ करोड १ लाखको भएको छ । आज ३११ कम्पनीको १ करोड १६ दाख २६ हजार कित्ता सेयर खरिदबिक्री भयो । जीवन बिमा समूह, अन्य र निर्जिवन बिमा समूहका कम्पनीले बजार उचाले । यी समूहको सूचक क्रमशः १.१० प्रतिशत, २.७९ र १.७८ प्रतिशतले बढेको छ ।