Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५ अर्बको डिबेन्चर निष्काशन गर्दै ग्लोबल आईएमई बैंक

काठमाडौं । ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्काशन गर्ने भएको छ। ‘ग्लोबल आइएमई डिबेन्चर २०८४–८५’ निष्कासन गर्नका लागि बैंकले सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आइतबार उक्त सम्झौतामा हस्ताक्षर भएको छ। बैंकले ११.२५ प्रतिशत ब्याज प्रदान गर्नेगरी ५ वर्षको लागि उक्त ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जनाएको छ। बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।


सम्बन्धित समाचार