Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

५ सय ३१ कैदीलाई कैद मिनाहा गर्ने निर्णय

काठमाडौं । संविधान दिवसको अवसरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् । मन्त्रिपरिषद्को भदौ २९ मा कैद मिनाहा गर्न सिफारिस गरेको थियो । सो सिफारिसका आधारमा आइतबारबाट लागु हुनेगरी कैद माफी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।