Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ८ दल मिलेर बन्न लागेको नयाँ पार्टीको प्रमुख दुई पदमा संयोजक र सहसंयोजक राखिने भएको छ । आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्न ८ वटै दलहरू सहमत भएका छन् । महाधिवेशनपूर्व आगामी कत्तिक १८ गते एकता राष्ट्रिय सम्मेलन आयोजना गरिने सहमतिपत्रमा उल्लेख छ । उक्त सम्मेलनमा एकता प्रक्रियामा सहभागी सबै घटकहरुका केन्द्रीय समितिको सहभागिता रहने छ । सम्मेलनबाट पार्टी एकताको घोषणा गर्ने, घोषणापत्र र अन्तरिम विधान पारित गर्ने, र केन्द्रीइ समितिको गठन लगायतका कामहरु हुनेछन् । एकता प्रक्रियामा सहभागी भएका पार्टीहरुका साविकका केन्द्रीय समिितहरुलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने जनाइएको छ ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल