Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७४ लाख सहकारी पीडितबारे किन मौन छन् बालेन र रवि ?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इटहरीमा गरेको प्रादेशिक सभालाई लक्षित गर्दै सहकारीपीडित र एमसीसीबारे प्रश्न गरेका छन् । उनले रास्वपा सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई सभामा सहकारी पीडितका बारे के बोल्नु भो भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै साम्पाङले भनेका छन्, १४ जिल्लाका कार्यकर्ता उतारेको सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? ७४ लाख सहकारी पीडितहरूको बारेमा बोलियो कि नाइँ ? रास्वपाको सभाले सिंहदरबार जलाएको औचित्य पुष्टि गर्‍यो होला नि भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बारेमा के गर्ने रे डोजरले ?’ इटहरीको सभामा रास्वपाका वरिष्ठ नेता बोलन्द्र शाहले धरानको खानेपानीको समस्या आफूहरू सरकारमा गएपछि समाधान हुने बताएका थिए । उनले सप्तकोशीको पानी लिफ्टिङ गरेर धरान लैजाने र त्यसका लागि ५ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका थिए । उनले भनेका थिए, अहिलेको सरकारले गर्‍यो कि गरेन जनप्रतिनिधिको पहुँच पुग्यो कि पुगेन ? रास्वपाले हिजो सुनसरीको इटहरीमा कोशी प्रदेशस्तरीय आमसभा गरेको थियो ।


सम्बन्धित समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

२०८२ फाल्गुन २२

ताजा नेपाल