Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७४ वर्षीय वृद्धमाथि हत्याको अभियोग

काठमाडौ) । अर्घाखाँचीमा ७४ वर्षीय वृद्धले भाइको हत्या गरेका छन् । भूमिकास्थान नगरपालिका १ घर भएका हिमबहादुर गमालले सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन् । गत बुधबार राति भीरमा लडेर ज्यान गुमाएका भनिएका गमालको शव अर्कोदिन बिहान फेला परेको थियो । घटनाको अनुसन्धानपछि आफ्नै दाइले भीरबाट धकेलेको भेटिएपछि ७४ वर्षीय हिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गत असोज २० गते दिउँसो भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाइन रेसुङ्गा विकास बैंकबाट सँगै वृद्धभत्ता निकालेका दाजुभाइ हिँड्दै घर फर्केका थिए । सोही क्रममा आपसी विवाद भएपछि घचेटा घचेट भएको बताइन्छ । उनीहरुबीच लेनदेनमा भएको विवादमा दाइले घचेट्दा भाइलाई भीरबाट खसालिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।