Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७५ लाखको सिलिण्डर नेपाल भित्र्याइदै

काठमाडौं । सरकारले अक्सिजन उत्पादन कम्पिनीहरुलाई कोभिडका विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै उत्पादन बढाउन जोड दिइरहेको छ । अस्पतालहरुमा अक्सिजनको अभावमा बिरामीहरु छट्पटाइ रहेका छन् । तर आवश्यक मात्रामा अक्सिजन नहुँदा मृत्युको क्र्रम पनि बढिरहेको छ । यतिखेर नेपालको कोभिड महामारीमा सघाउन मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर खरिद गरेका छन् ।

प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली सोसल क्लव एनआरएनका अध्यक्ष विकल झाले ताजानेपाललाई बताएका छन् । खाडी मुलुकका सबै नेपालीको स्वतस्फूर्त आर्थिक सहयोग हुनेगरी सिलिण्डर खरिद सकिएको र आइतबारसम्म नेपाल पठाउनेगरी तयारी गरिरहेको झाले जानकारी दिएका छन् । झाले बताए अनुसार ६ सय थान अक्सिजन सिलिण्डर खरिद भइसकेको छ, जतिसक्दो छिटो नेपाल पाठाउने गरी हामी अहिले लजिस्टिकको पार्टमा काम गर्दै छौं । अक्सिजन सिलिण्डर नेपाल पठाउनका लागि मस्कटस्थित दूतावाससंग समन्वय गरिरहेको पनि उनले बताएका छन् । ढिलोमा आइतबारसम्म सिलिण्डर नेपाल पुर्‍याउने गरी काम भइरहेको उनले बताएका छन् । अक्सिजन सिलिण्डरको लागत झण्डै ७५ लाख नेपाली रुपैयाँ बराबर हुने झाले जानकारी दिएका छन् । गैह्र आवासिय नेपाली संघ एनआरएनको अन्तर्राष्ट्रिय समन्वय समितिले नेपाल सिलिण्डर पठाउन आर्थिक स्रोतको कमी हुन नदिने बताए पनि सिलिण्डरको रकम सकेसम्म खाडीमा रहेका एनआएनएमार्फत नै तिर्ने गरी काम अघि बढेको उनले बताएका हुन् ।

खरिद गरिएका सिलिण्डरको तौल समान किसिमको नभएका कारण एकै पटकमा पाँच सय ५० वटा भन्दा धेरै सिलिण्डर पठाउन नसकिने होमी भन्ने चिन्ता थपिएको अध्यक्ष झाले बताएका छन् । अक्सिजन अभावमा जनताले मृत्युवरण गरेका समाचारले खाडीमा रहेका नेपाली चिन्तत भएको र स्वतस्फूर्त रुपमा सहयोगका अपिलहरु सुरु भएको पनि उनले बताए । खाडी मुलुकमा रहेका नेपालीले खरिद गरेको अक्सिजन सिलिण्डर नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत सहजीकरण गरिररहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । सिलिण्डर नेपाल पाठउन के कसरी सकिन्छ भन्नेबारे नेपाल अ्एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । राजदूत ढकालका अनुसार अक्सिजन सिलिण्डर खरिद सकिएको छ, हामी जतिसक्दो छिटो नेपाल पठाउन परराष्ट्र मन्त्रालयमार्फत नेपाल एयरलाईनसमार्फत पेपर वर्क गरिरहेका छौं । सकेसम्म नेपाल एयरलाइन्सको जहाजमा एकै खेपमा सिलिण्डर पठाउन सकिने गरी छलफल भइरहेको उनले बताइन् । नेपालमा खाली सिलिण्डरको अभाव भएपछि सरकारले मित्र राष्ट्र चिनसँग पनि सिलिण्डर खरिद गरिसकेको छ ।


सम्बन्धित समाचार