Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

७ घन्टा बन्द हुँदै त्रिभुवन विमानस्थल

काठमाडौं । धावनमार्ग मर्मतका लागि आइतवारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घन्टा बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आइतबारदेखि शुरु हुने भएपछि दैनिक ७ घन्टा बन्द हुने भएको हो । आइतबार राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने बताइएको छ । नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ । मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने र साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन जिर्णोद्वारको काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ ।
यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ। दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल