Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। निर्वाचन समितिका अनुसार मतदान आज अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ।
निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन्।
मतदानका लागि दुई स्थानमा व्यवस्था मिलाइएको छ। राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्।
त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन्। नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पनि यही केन्द्रमा मतदानको व्यवस्था गरिएको छ।
मतदान प्रक्रिया सम्पन्न भएपछि आजै मतगणना गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ। नयाँ केन्द्रीय कार्यसमितिका लागि हुने निर्वाचनलाई कांग्रेसको आगामी नेतृत्व र पार्टीको भावी राजनीतिक दिशाका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २३
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल