Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बढुवा भएका ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को जिम्मेवारी नेपाल प्रहरीले तोकेका छ । सरकारले डीआईजीमा बढुवा गरेको एकसाता पछि उनीहरुलाई जिम्मेवारी दिइएको हो। गृहमन्त्री स्तरीय निर्णयबाट बिहीबार मध्यराति उनीहरुको पदस्थापनको सूचना सार्वजनिक गरिएको छ। जसमा २ जनाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। दोस्रो नम्बरमा बढुवा भएका भोलाबहादुर रावल र तेस्रो नम्बरमा रहेका गणेश चन्दले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन्। रावललाई गण्डकी प्रदेश र चन्दलाई सुदूरपश्चिम प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा ध्रुवराज राउत पदस्थापन भएका छन्। महत्वपुर्ण मानिने विशेष ब्यूरोमा सिद्धिविक्रम शाहलाई लगिएको छ। सुशिलसिंह राठौर प्रबन्ध निर्देशनालयमा र उमाप्रसाद चतुर्वेदी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हिमालयकुमार श्रेष्ठ र कार्य विभागमा डम्बरबहादुर बिक पदस्थापन भएका छन्। उनीहरुको पदस्थापनसँगै १० जना डीआईजीको पनि सरुवा गरिएको छ। एकसाथ चार वटा प्रदेश प्रहरी प्रमुख हेरफेर गरिएको छ।

२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल
२०८३ श्रावण १४
ताजा नेपाल