Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९० हजारबाट ओरालो लाग्यो सुन

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १ सय ६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १ सय ५५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।