Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९ करोड काण्डको पर्दाफास

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ९ करोडको तेलामेला छ । त्यही कारण सन्तोषनारायण श्रेष्ठलाई त्यो पद दिनु हुन्न भन्ने तत्कालिन अर्थमन्त्री वर्षमान पुनका विरुद्ध केपी ओली खुलेर लागेका हुन् । ओलीले पुष्पकमल दाहाल मार्फत् धितोपत्र बोर्डमा रुपन्देहीका सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्न दबाव दिँदा तत्कालिन अर्थमन्त्रीले गरेको तर्क प्रचण्ड सरकार फालेर केपी आफैं प्रम भएपछि पुष्टि गरेका हुन् । रिलायन्स स्पिनिङ मिल्को आइपीओ जारी गर्न दिएर कमाई गर्ने दाउमा ओली थिए । उनले त्यो पूरा गरेको कारण बोर्ड अध्यक्ष श्रेष्ठ र ग्लोबल आईएमई क्यापिटलका कार्यकारी मन्दिप लुइटेलमाथि अख्तियारले छानविन गर्दैछ । पुँजी बजारमा हलचल ल्याउने गरी अध्यक्ष श्रेष्ठले ७ करोड आफैंले लिएर रु २ करोड अर्थमन्त्री, प्रधानमन्त्री, अर्थसचिवसम्मलाई मिलाउने काम त गरे । तर आज यो काण्ड छानविनमा प¥यो । आईपीओ जारी गर्न संस्था चल्नुपर्छ तर त्यो संस्था बन्द हुँदाहुँदै सरकारले स्वीकृत गर्नु नै भ्रष्टाचारको शुरुवात थियो । विवादास्पत मेरियट होटलसमेत यसमा जोडिएको छ । अग्रवाल सुमूहको हिमालयन रिइन्स्योरेन्सदेखि स्पिनिङ मिल्ससम्म जोडिएको आईपीओ काण्ड आज त्यो बेला बाहिर आयो जुन बेला धितोपत्र बोर्डमा ९ करोडको चलखेल देखेका वर्षमान पुनः सडकमा छन् । तत्कालिन अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओली जेनजी आन्दोलनको आक्रमणको शिकार भए । ओलीको गुण्डुको कुटीले ओगटेको जमिन आनाकै ३५÷४० लाख पर्छ । १५ आना भन्दा बढी जमिनमा बन्ने सर्वहारा कार्यकर्ताका धनाढ्य अध्यक्ष महाराजको शैलीमा श्वच्छता र पारदर्शीताका कुरा गर्दैछन् । एमालेका अध्यक्षको पालामा भएका ठुल्ठूला भ्रष्टाचार छानविन गर्ने आँट हिजो अख्तियारको थिएन । आयोगका प्रमुख आयुक्त प्रेम राई नै पर्यटन सचिव हुँदा वायुसेवा निगमको वाइडवडी खरिद काण्ड, उद्योग सचिव हुँदा आयल निगमको जमिन खरिद काण्डसँग जोडिएका हुन् । उनी सचिवको नाताले बोर्ड अध्यक्ष हुँदा काम गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई नै जिम्मेवारी दिएको नाताले उम्केका हुन् । नक्कली भुटानी शरणार्थी काण्डमा गृहसचिवका पिए मार्फन् १ करोड बुझाएको दाबी गर्नेहरू आज जेलमा छन् । त्यो काण्डमा पैसा खाने रामबहाुदर थापा पुत्र प्रतिक थापा जेलमा छन् । केपी ओलीका पिए ब्रजेश शाक्य खुल्ला छन् । पैसाका लागि केपी ओलीले पार्टीको शक्ति प्रयोग गर्दा रिलायन्स स्पिनिङ मिल्सको आइपीओ काण्डसँग धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ जोडिएका हुन् ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल