Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९ जना थपिए कोरोना संक्रमित, ४ जना घर फर्किए

काठमाडौं । थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुने रुपन्देहीका २७ वर्षीय पुरुष, झापामा ८ जना पुरुषहरु क्रमश १७, १८, १८, २०, २० र २३, ५२ र ५५ वर्षका रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । प्रवक्ता डा देवकोटाका अनुसार रुपन्देहीका पुरुष श्रीलंकन गेस्ट हाउस लुम्विनीको क्वारेन्टाइन र झापाका ८ जना लक्ष्मी देवकोटा मामिको क्वारेन्टाइमा रहेका व्यक्तिहरु हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ जना पुगेको छ । जसमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला छन् । सबै संक्रमतिको स्वास्थ्य अवस्था सामान्य रहेको डा विकास देवकोटाले बताए । प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र ३ हजार ४ सय १३ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको प्रवक्ता डा देवकोटाको भनाइ छ । प्रवक्ता डा देवकोटाका अनुसार देशभरका क्वारेन्टाइनमा २५ हजार ३० जना क्वारेन्टाइनमा रहेका छन् । आजै कोरोना संक्रमित ४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार शुक्रराज अस्पतालबाट डिस्चार्ज हुनेहरुमा २ जना महिला र २ जना पुरुष रहेका छन् ।
उनका अनुसार २३ र २५ वर्षीया महिला र २७ र ३७ वर्षीय पुरुष उपचारपछि निको भएका हुन् । उनीहरु ४ जना नै आइसोलेसनमा भर्ना भएको ९ दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् । आज ४ जना निको हुँदा कोरोना संक्रमित ४९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित समाचार