Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

९ बर्षपछि रेजिनाको फिल्ममा कमब्याक

फिल्म ‘मोदिबेनी’बाट नायिका रेजिना उप्रेतीले कमब्याक गर्ने भएकी छिन् । फिल्म ‘बरदान’मा ९ बर्ष अगाडि काम गरेकी रेजिनाले अब भने फिल्ममा आफूलाई कमब्याक गराएकी हुन् । यो फिल्मबाट कलाकारको रुपमा अमर प्रताप श्रेष्ठले डेब्यू गर्दैछन् । फिल्ममा रेजिनाले कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्दैछिन् । फिल्ममा सरोज खनालले मुख्य भूमिका निर्वाह गर्दैछन् । फिल्ममा अमर, सरोज, रेजिना, दिलीपका साथमा कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । आनन्द विक्रम क्षेत्रीले लेखेको फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माताको रुपमा छन् । यो फिल्मले करिब ४० बर्ष अगाडि र अहिलेको कथालाई प्रस्तुत गर्नेछ । फिल्मले पर्वतको मोदीबेनी जिल्लाको कथा भन्नेछ । फिल्मको छायांकन माघको १६ गतेबाट सुरु गरिने निर्माणपक्षले बताएको छ । फिल्ममा उत्सव दाहालको छायांकन रहनेछ ।


सम्बन्धित समाचार