Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म १२ खर्ब १ अर्ब ५० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म मुलुकको व्यापार घाटा गत वर्षको तुलनामा २ खर्ब २३ अर्बले कमी आएको छ। तथ्यांकअनुसार यो आर्थिक वर्षको साउनदेखि चैतसम्म मुलुकको कुल व्यापारा घाटा १० खर्ब ८३ अर्ब छ। जबिक गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १३ खर्ब ६ रूपैयाँ रहेको थियो। व्यापार घाटा गत वर्षको तुलनामा १७ प्रतिशतले कमी भएको हो। गत आर्थिक वर्षको तुलनामा आयात १८ प्रतिशतले घटेकाले व्यापार घाटा कम भएको हो।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँका वस्तु निर्यात भएको छ। गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले २ खर्ब ७६ अर्ब ५ करोड रूपैयाँको राजस्व संकलन गरेको छ। यस अवधिमा ४९ अर्ब मूल्य बराबरको पेट्रोल आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। पेट्रोल आयातबाट सरकारले २७ अर्ब १ करोड राजस्व संकलन गरेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल