Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेप्सेमा सोमबार पनि भारी गिरावट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । आइतबार ८०।२९ अंकले झरेको नेप्से सोमबार पनि दोहोरो अंकले झर्‍यो । आज नेप्से २१।४८ अंकले झरेर २६३०।०१ विन्दुमा आइपुग्यो ।
आज जलविद्युत र म्यूचुल फण्ड न्यून विन्दुले हरियो रहे भने बाँकी समूहमा गिरावट आयो । सोमबार पनि जीवन बीमा समूहमा सबैभन्दा उच्च ११७ को गिरावट आयो । यस्तै विकास बैंक र निर्जिवन बीमा समूहमा ६७र६७ अंकको गिरावट आयो ।

यसदिन कारोबारमा पनि गिरावट आयो । २२८ कम्पनीको ८२ लाख २८ हजार कित्ता सेयर ४ अर्ब रुपैयाँ बराबरमा खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।


सम्बन्धित समाचार