Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा ।पाेखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरबाट खटिएको प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय विनोद भण्डारी समेत चार जना, सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्धर्व सहित चार जना २१० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत दुई जना ९४० मिलिग्राम ब्राउनसुगरसहित फेला परेका हुन् ।
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल
२०८३ जेष्ठ २
ताजा नेपाल