Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केपीले माधवलाई फकाए

काठमाडौं । आफ्नो स्वास्थ्य उपचार गर्न जाने अघिल्लो दिन बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालले दिएको स्वास्थ्य शुभलाभको कामना अस्वीकार गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ८२ दिनपछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमा निम्तयाएर आगामी दिनमा पार्टी र सरकारका जुनसुकै निर्णयहरु गर्दा राय सुझावअनुसार चल्ने कसम खाएका छन् । यस पटक नेकपाभित्रको नियुक्ति तथा पार्टी एकता प्रक्रियाका निर्णयमात्र होइनन् प्रदेश प्रमुखहरुको नियुक्तिमा समेत अध्यक्षद्वयको निर्णयले काम भएको थियो । अहिले नेकपामा प्रस्तावित उपसभापति वामदेव गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई एउटा पद लिएर अर्को पद अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिनुपर्ने अडानमा प्रस्तुत भइरहेका छन् । उनको यो अडानले नेकपाको आगामी स्थायी समितिको बैठकमा प्रवेश पायो भने शायद कुनै पनि निर्णय नभईकन स्थायी समितिको बैठक टुंगिन सक्छ ।

राजतन्त्रको विस्थापनपछि चीनले मित्रशक्ति खोज्ने क्रममा नेकपालाई केन्द्र बनाएको थियो । राजा बीरेन्द्र र मदन भण्डारीलाई मिलाउँदा उनको हत्या गराइयो । तत्पश्चात् इन्डो पश्चिमका विश्वसनीय पात्र माधव नेपाल १५ वर्षसम्म एमालेको महासचिव भए । पूर्व एमालेभित्र पश्चिमा क्रिश्चियन एनजीओ भिœयाउनेदेखि पार्टी विभाजन र राष्ट्रघाती महाकाली सन्धिको नेता माधव नै थिए । पछिल्लो चरणमा पूर्व एमालेभित्र केपी अध्यक्ष भएपछि पूर्व चिनियाँ राजदूत उजुन्ताईले विपरित धु्रवमा रहेका प्रचण्ड र ओलीलाई केपीको जन्म दिन पारेर प्रचण्डलाई बोलाई सम्बन्ध सुधार गर्दै सत्ता गठबन्धन र पार्टी एकीकरणको तहसम्म भूमिका खेलेकै हुन् । चिनियाँहरूको त्यतिमात्र होइन, मोहन वैद्य र नेत्रविक्रम चन्द पनि समेटेर सम्पूर्ण वामपन्थीहरूको एउटै पार्टी बनोस् भन्ने चाहना अहिले पनि छ । नेकपा इन्डो पश्चिमी केन्द्रको खेलौना नबनोस् र चिन विरोधी क्याम्प नहोस् भन्ने पनि उनीहरूको चाहना हो । पछिल्लो चरणमा अमेरिकी सुरक्षा रणनीति अन्तर्गतको एनसीसी मिलिनियम च्यालेन्जअन्तर्गतको सहयोग संसदबाट पारित हुन नदिए बापत ओली गुटले महरालाई निशाना बनायो ।

यो केन्द्रमा ओलीभन्दा माधव नेपाल उनीहरूको भरपर्दो पात्र भएको हुनाले प्रचण्डले माधवसँग पार्टीभित्र सहकार्य गर्नु आत्मघात हुन्छ । ओलीपछि नेकपाभित्र प्रचण्ड निर्विकल्प नेतृत्व गर्ने पात्र हुन् । त्यसका लागि एमालेभित्र निर्णायक पोइन्टमा रहेका वामदेव गौतमलाई साथ लिएर प्रचण्डले आफ्नो कदम चाल्न सके भने मुलुक नेकपा र प्रचण्डकै हित हुनेछ । नेपाली राजनीति मैदानमा चीन पनि आफ्नो स्पेशसहित उपस्थित भएकोले इन्डो पश्चिमाका पकेट पात्रहरूले नेतृत्व लिन सक्ने अवस्था छैन । यस कारण माधव नेपालसँगको निकटता प्रचण्डलाई घातक छ ।

सधैं भाग खोज्ने संस्कृति त्याग
नेकपा र काँग्रेसमा नेताको कोटाको सेवा सुविधा खोज्ने प्रवृत्ति हटेन । पार्टीभन्दा गुटलाई बढावा दिने गलत चरित्रले सरकार र पार्टीप्रतिको अपनत्व बिर्सेका छन् । नेकपाले सरकार गठन गर्दा मन्त्रीपरिषद्मा छानिएका सांसदहरू गुटको आधारमा टिपियो । प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले हिजोको संरचनाका आधारमा मन्त्री पदमा सांसदहरू छनोट गरेका थिए । त्यहाँ विघटित एमालेको केपी, माधव, गौतम मात्र होइनन् झलनाथ खनालको कोटामा समेत मन्त्री छानिएकै हुन् । पार्टी एकता भनेको हरेक ठाउँमा भाग खोजेको छ । त्यस्तो प्रवृत्तिले पार्टीलाई कहाँ पु¥याउँछ ? सरकारले सातै प्रदेशमा प्रमुखहरूको नियुक्ति ग¥यो ।

नियुक्ति गर्नु अगाडि वरिष्ठ नेता नेपालले आफ्नै गुटका मान्छेलाई सिफारिश गरे । माधवलाई पनि पाएसम्म आफ्नैलाई सेवा सुविधा दिलाउन जसरी जोड दिन मन लाग्यो त्यस्तै मन प्रधानमन्त्री केपी ओलीलाई आफ्नो पालामा आफ्नैलाई सेवा सुविधा उपलब्ध गराउन चाहनु नौलो होइन । हिजो माधव प्रधानमन्त्री बन्दा जसरी उनकै गुटले सत्ताको स्वाद लियो यतिबेला ओली गुटले फाइदा लिनु नौलो होइन । गल्ती त ओलीका धेरै छन् । पार्टी एकता भयो भनेको छ । राजनीतिक नियुक्तिहरू गर्दा क्षमता कार्यकुशलता, योग्यता भन्दा गुटको महत्व दिएको छ । माधवले पनि सिफािरश गर्दा ठाउँ राखेका भए चार जना प्रदेश प्रमुखमा ओलीले आफ्नालाई छनोट गर्ने थिएनन् । प्रचण्डले ३ जना पाए त्यहाँ विवाद भएन । तर माधव–ओलीले भागवण्डा खोज्दा पार्टी एकताको मर्म र भावना कहाँ पुग्यो ?