Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी श्रीमानलाई कारबाही हुन्न ?

काठमाडौं । तेल चोरेर उपभोक्ता ठग्दै आएका इन्धन बिक्रेतालाई सफाई दिँदै गुणस्तर तथा नापतौल विभागलाई हराउने उच्च अदालत पाटनका न्यायाधीशद्वय कुमार चुडाल र शान्ता सेढाईलाई सर्वोच्चले कस्तो कारबाही गर्ला ? जबकि त्यही सर्वोच्चले सुन तस्करसँग मिलेर एयरपोर्टबाट करोडौ कमाएका प्रहरी हाकिमहरूको पक्षमा फैसला गर्ने उच्च अदालत बिराटनगरका आठ जना न्यायाधीशविरुद्ध न्यायपरिषद्मार्फत् छानविन गर्दैछ । त्यो काण्डमा कुलरत्न भुर्तेल, नार्गेन्द्र कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार पौडेल, उमेश सिंह, साधुराम सापकोटा, जनक पाण्डेमाथि छानविन हुँदै थियो । त्यसो त उच्च अदालत राजविराज इजलासका लेखनाथ ढकालमाथि पनि उजुरी परेकै छ । उनले श्रीमतीमार्फत् काभ्रे जिल्ला अदालतमा न्यायाधीश छँदा उमेश बानियाँसँग घुस लिएका थिए । घनश्याम खत्री पनि घुस दिनेमा पर्छन् । उनीहरूले नाकाबन्दीको फाइदा उठाएर इन्धनको कालो व्यापार गरेका थिए । यसवर्ष न्याय परिषद्मा १२२ वटा उजुरी परेका छन् । त्यसमा ५२ जनाको उजुरी तामेलीमा राखेर लुट्न छूट दिइएको छ । राजनीतिक आस्थाका आधारमा न्यायाधिश छान्ने होड चल्दा अदालतले यस्तो दुर्दशा व्यहोरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रको जोश हराएको छ । तनहुँका न्यायाधीश ओमकार उपाध्याय विरुद्ध नक्कली प्रमाणपत्रको उजुरी प¥यो । उनले पद त्याग गरे । काठमाडौंको चुच्चेपाटी फ्युल सेन्टर (नितेश सरीया), मैतिदेवी पेट्रोलियम सप्लायर्सको बिक्री बन्द थियो । झापाका अमित सरीया पनि इन्धन ठगीमै परेका थिए । तर उच्च अदालत पाटनले गरेको गलत फैसलाले यस्ता ठगहरूले झन् ठग्न पाएका छन् ।