Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नौ दिन लामो युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । देशका यावत समस्या छाडेर अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न भन्दै ९ दिन लामो विदेश यात्रा सकेर प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएका छन् । उनले अपेक्षा गरेअनुसार फल प्राप्त गर्न नसके पनि नेपालको सम्बन्धलाई बेलायत, फ्रान्सजस्ता देशसँग दह्रो बनाएको बताएका छन् ।
जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुख लगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन् । उनी स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्रा्िष्ट्रय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।