Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाललाई नयाँ युक्रेन बनाउन देशी–विदेशी षड्यन्त्र निरन्तर चलिरहेको छ । बिगतमा सोभियत संघविरुद्ध इरान स्थित सिआइए कार्यालयले अप्रेसन सञ्चालन गर्ने मुख्य अखडाको काम गरेको थियो । इजरायलको गुप्तचर सस्था मोसादले इरानका तत्कालिन राजा शाहको भित्री राजनीति सुरक्षा दल गठन ग¥यो । नेपालमा रअ र आरएसएसमार्फत् त्यही कार्य ग¥यो । २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड सिआइएले भारत स्थित रअमार्फत् गरायो । रअका तत्कालिन नेपाल प्रमुख पिके हर्मिज थाराकन जो केरलाका इसाई थिए, दरबार हत्याकाण्डपछि उनी रअको प्रमुख बने । ऊनी काठमाडौमा तत्कालिन नेपाली सेनाका सहसेनानी दिलिप शमसेर जबराको घरमा बसेको कुरा पत्रकार सरोजराज अधिकारीले जासुसीको जालोमा लेखेका छन् । यसरी चर्च, रअ, आरएसएस, नेपाली सेनाका अधिकारीहरू सम्म सिआइएको सञ्जाल देखिन्छ । भियतनाम युद्धको समयमा फ्राङ्क स्कटन जस्ता ब्यक्तिहरूले सुरुगरेको मोटिभेसनल प्रचार विधि, कन्सपिरेन्सी थ्यौरि अहिलेसम्म अझ शसक्त बनेको छ । यही विधि मार्फत् आफ्ना बिरोधिहरूलाइ दुश्प्रचार गर्ने र जनतालाई दिग्भ्रमित पार्ने गर्दछन् । यहीं काम युएस सेन्टरले अहिले युक्रेनमा एनजीओ र मिडिया मार्फत् गरिरहेकोछ । उसको काम युक्रेनलाई रुसी प्रभावबाट बाहिर निकाल्नु हो । नेपालमा चिनको प्रभावबाट बाहिर निकाल्न यहीकाम यहाँका मिडिया, एनजीओ आइएनजिओ फण्डिङ्ग बुद्धिजीवीहरूले गरिरहेका छन् ।
फल्यासप्वाइन्ट इन युक्रेन भन्ने पुस्तकमा ओवामा प्रशासन र उसका निजी कर्पोरेटहरूले नवनाजी अमेरिकी कठपुतली सरकार बनाएको विषयमा प्रसस्त प्रमाणहरू दिएको छ । नेपालमा अहिले त्यही मिसनमा चीनविरुद्ध नाजिवादी अमेरिकी हार्डकोर सता स्थापना गर्ने अमेरिकी एजेन्सीसँग जोडिएका सस्थाहरू धार्मिक आवरणमा क्रियाशिल छन् । जस्तो धरानमा गौहत्या गराउने कार्य चर्चका हामी र हाम्रो बिचार समूह विरुद्ध भ्रम छर्न नक्कलि रअको कार्ड बनाउने जीवन राई जो मङ्गोल नेशनल अर्गनाइजेसनमा छन् र दार्जिलिङको सियोन चर्चसँग आबद्ध छन् उनले गरिरहेका छन् । धरानको गौहत्यामा उनी सम्लग्न छन् । यहाँसम्मकी चितवनकी एक महिलाले २ वर्ष राँगोको मासु खाएको तस्बिरलाई गाईको मासु खाएको भनेर सम्प्रेषण गरेर साम्प्रदायिक भड्काव सिर्जना गर्ने आरएसएसआवद्ध व्यक्ति अहिले अमेरिका पुगेका छन् । यसबाट पनि उनीहरू कहाँबाट सञ्चालित छन् भन्ने कुरा धेरै टिप्पणी गर्नु आवश्यक छैन । अर्का १० बर्ष चर्चमा काम गरेर इस्कोन भन्ने कथित नक्कली हिन्दु जस्ले गिताको आवरणमा येशुको प्रचार गर्दछ जसको केन्द्र अमेरिकाको न्युयोर्कमाछ त्यसको नेपाल साखामा जोडिएका रामचन्द्र ढकाल हामीलाई आरएसएससँग जोडेर कन्सपिरेन्सी मोडेलमा देखिएका छन् । ऊनी धरानको गौहत्या बिरोध आन्दोलनमा अग्रपङ्तिमा छन् । यस्ता पात्रलाई अगाडि सार्नेहरू विगतमा विरेन्द्र वंश विनाश गरेको सैनिक हेर्डक्वार्टरबाट मोटो रकम लिएर दिपेन्द्र नै हत्यारा हुन् भनेर पुस्तक लेख्नेहरूदेखि एमसीसी विरोधीहरूलाई चिनिया चौकीदार भन्नेहरू छन् । यस कुराको जानकारी हामीलाई छ ।
मैले यी दुई फरक गाई हत्यागरेर मासुखाने र त्यसको विरुद्ध आन्दोलनमा सहभागी यिनलाई प्रतिबिम्वको रूपमा उदाहरण मात्रै दिएको हो । यी दुबैको हामी र हाम्रो बिचार समुहविरुद्ध एउटै मिसनको प्रपोगण्डा कसरी मिल्न गयो ? हामीले पश्चिमा सास्कृतिक साम्राज्यवाद विरुद्ध लामो समयदेखि अभियान चलाएका छौं । चर्च होस् या हिन्दूको आवरणमा आरएसएस, इस्कोन, साहिबाबा, राधे–राधे यिनिहरूको उद्देश्य अमेरिकी नाजिवादी सत्ताको स्थापना हो । त्यसको पर्दाफास हामीहरूले गरिदिएपछि चर्चका जीवन राई र इस्कोनका रामचन्द्र ढकालको एउटै मिसन हामी विरुद्ध मिल्न गयो । यसरी अहिले हिजो जसले पहाडमा नक्कली माओवाद र तराईमा कथित मधेसको आवरणमा हिंसा गराएर जनता मराए अहिले उनीहरूले प्रचण्ड र उपेन्द्र यादवलाई एकै ठाउँमा ल्याए त्यही शक्तिले अहिले तराईमा गौहत्या गराउने र गौहत्या विरुद्ध आन्दोलन गराउने गरिरहेको छ । यसको उद्देश्य नेपाललाई साम्प्रदायिक भड्कावमा लगेर नयाँ युक्रेन बनाउने हो । रुस विरुद्ध युक्रेनजस्तै चीनविरुद्ध नेपाललाई प्रयोग गर्ने प्रयत्न हो । हामीले लामो समयदेखि चलाएको बैचारिक अभियानबाट अतालिएका शक्तिकेन्द्रले बिचारमा परास्त भैसकेपछि अपनाएको गोयबल्स अभियानमा यस्ता पात्रप्रयोग गरिएको मात्रै हो । हामीलाई थाहा छ हामी विरुद्ध यस्ता प्रपोगण्डा गराउने प्रयत्न बिगत देखिनै भैरहेको थियोे ।
सन २०१४ को मे महिनामा रुसी पत्रकार रायन डसनले भ्यालेन्टाइनसँग लिएको अन्तरबार्ता द सिआइ एज अर्गनाइज क्राइम सन् २०१७ मा प्रकाशित पुस्तकमा भ्यालेन्टाइनले आफ्नो अन्तरबार्तामा भनेका छन्ः पश्चिमामिसनका नेपालको सन्दर्भमा इन्डो÷पश्चिमाहरू आफ्ना बिरोधिहरूबारे गोयबल्स तवरले प्रपोगण्डा गर्न आफ्ना सस्थाहरू जहाँ लगानी छ तिनैलाई प्रयोग गर्दछ ती पत्रकार, राजनीतिक नेता, धार्मिक आवरणमा रहेकाहरू हुनसक्छन् । यहाँ हामी विरुद्ध चर्च र इस्कोन इसाई र हिन्दू दुबै ब्यानर प्रयोग गरेको देखिन्छ । सन १९५२ मा भियतनाममा पसेपछि सिआइएले साइगोनमा प्रशस्त जमीन किन्यो । एमसिसि मार्फत् नेपालमा त्यहीँ गर्न खोजेकोछ । एमसिसि विरुद्ध हामीले लामोसमय अभियान चलायौ । भारत चीन युद्धको समयमा जमिनको मुल्य भन्दा १० भाग सस्तोमा किन्यो । त्यही भवनहरू बनाएर सुराकी गर्नथाले । परिणाम भियतनाम युद्ध भयो । नेपालमा एमसीसीमार्फत् त्यही गर्न खोजिरहेका छन् । नक्कली माओवाद र नक्कली मधेसबादको सामाप्ती पछी उनीहरू बहुसंख्यक हिन्दूहरूको धार्मिक मनोबिज्ञानमा खेल्न खोजीरहेका छन् । त्यसमा अमेरिकी एजेन्सी सङ्ग जोडिएका आरएसएस, इस्कोन, कृष्णप्रणामी, राधेराधे, बहाइ, दलाइलामा बौद्धहरू छन् भने हिन्दू जनमतलाई उतेजित पार्नेकार्य चर्चले गरिरहेकोछ । नेपाललाई अमेरिकी नवनाजिवादी षड्यन्त्रबाट जोगाउनु अहिलेको आवश्यकता हो । त्यो नक्कली राष्ट्रवाद र नक्कली धार्मिक आवरणमा देखिन खोज्दैछ ।
पश्चिमी मिशनमा आरएसएस, भाजपा र नरेन्द्र मोदी
नरेन्द्र मोदीको सत्ताले गराएको जी २० बैठकमा चीन÷रुसले अनुपस्थित भएर भारतलाई अमेरिकी कित्तामा उभिने या चीन÷रुसि ध्रुवमा क्लियर हुन सन्देश दिएका छन् । शितयुद्दकालिन समयमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू एकातर्फ असम्लग्न ध्रुवमा उभिने अर्कोतर्फ रुसी किताबाट खेल्न खोज्दा सन १९६२को चीन÷भारत युद्ध भएको थियोे । जुन युद्धमा भारतीयले पराजय भोग्नु प¥यो । अहिले नरेन्द्रमोदीले अमेरिकी कितामा उभिएर खेल्न खोजेको दोहोरो भुमिकाकै कारण चीन÷रुस जी २० को बैंठकमा अनुपस्थित भएर कडा चेतावनी दिएका छन् । यो अवस्थामा पश्चिमा कितामा उभिएका नेपालका राजनीति दल, दरबार र सेना अकर्मण्यतामा छन । यथार्थमा दलहरू पश्चिमा कित्तामा भएपनि चिन÷रुसको उपस्तिथि रोक्न सक्ने अवस्थामा छैनन् । बिआरआई सम्झौतादेखि धेरै विषयले त्यो देखाइसकेको छ । अहिले दलहरूको बिकल्प इन्डो÷अमेरिकी कित्ताले खोजिरहेको छ त्यसलाई नाजिवादी जेलेन्स्की राष्ट्रबादको आवरणमा २०५८ जेष्ठ १९ को दरबारहत्याकाण्ड गराएर चीन रोक्न भुमिका निभाएको सेनामा लैजान खोजिएको छ । तराईमा देखिएको साम्प्रदायिक भडकाव त्यसैका पूर्व रिहर्सल देखिन्छन् ।
हिजो जुन शक्तिले उपेन्द्र यादवको नेतृत्वमा हिजो तराईमा कथित मधेसको नाममा हिंसा गराएका थिए तिनै शक्ति अहिले धार्मिक साम्प्रदायिक हिंसा गराउन खोजिरहेका छन् । सिआइएको पकडमा रहेको आरएसएस, इस्कोन, राधे–राधे, जस्ताहरू क्रियाशिल छन् भने अर्कोतर्फ चर्चहरू क्रियाशिल रहेका छन् । जनजाति भित्र उतेजना फैलाउन चर्चको भुमिका खुल्ला देखिन्छ भने अन्यत्र आरएसएस । विश्व युक्रेन युद्धले बहुध्रुबिय बनाइसकेको अवस्थामा नेपाल अब पश्चिमाकितामा रहनै सक्तैन । पश्चिमाकिताबाट राजनीतिक निकास खोज्नु मृगमरिचिका हो । यो सन् १९९० अगाडिको शितयुद्दकालिन समय होईन । राजा र उनको वरिपरिको राजावादी आवरणको सञ्जाल फरकहो । कथित राजाबादीहरू भनेका पश्चिमाका अनुचरहरू हुन् । उनिहरू हिन्दूनाममा भोट लिन्छन् पास्टर इसाईलाई प्रतिनिधि बनाउछन । बिपी कोइराला जस्तो हिन्दू बिरोधि सिआइए निकट भएपछि इन्दिरा गान्धिले बस्न नदिएपछि फर्केको पतित अनुचरलाई राष्ट्रबादी भन्दै पश्चिमाकितामा उभिन्छन् । इस्कोन, साइबाबा, राधे राधेआदि पश्चिमा कथित गिरोहसँग जोडिएर हिन्दू आवरणमा देखिन्छन् । स्मरण रहोस् इस्कोन तत्कालीन दरबारका बडागुरु केशरीराज पाण्डेले तत्कालीन रानी एश्वर्यलाई प्रभावमा पारेर अमेरिकी डलर खाएर भिœयाएका थिए । यो सस्थाले गिताको आवरणमा जिससलाई भगवानको अवतार भन्दै बाइबलको प्रचार गर्दछ । शङकराचार्यले इस्कोनको हिन्दूआवरणमा हिन्दू बिरोधि गतिविधिको खुल्ला आलोचना गर्नुभएको थियोे जुन रेकर्डमा हेर्नसक्नुहुन्छ । तर नेपालमा यहाँका धर्मगुरुहरू, ज्योतिष, पण्डित कोहि पनि बोल्दैनन् । राधे राधे चर्चनै हो । साहिबाबा केन्द्रलाई खप्तड स्वामीले चटकेहरूको समुह भन्नुभएको थियोे ।
राजा बिरेन्द्र शाहिबाबा भेटन जादा योगि नरहरिनाथले प्रतिरोध गर्दै आफ्नो छाता आफै ओढ् । आफ्नो छाता आफै ओढ्न नसकिनेहरू सकिन्छन् भन्नुभएको थियो । बिरेन्द्रलाइ साहिबाबाकोमा लैजाने हेलेन शाह हुन् । बिरेन्द्र हत्या योजना सिआइए र रअको मिसनमा साहिबाबा केन्द्रमा बनेको कुरा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले एउटा अन्तरबार्तामा उल्लेख गरेका छन् । सनातनिहरू सचेत बनौं । योगि नरहरिनाथको हत्या गर्न राजा वरिपरिकै दरबारीया पश्चिमा लागेका थिए । जब जब इसाई र पश्चिमाहरूलाइ सङ्कट आउँछ यसप्रकारका राजाको आवरणमा रहेका राजाबादी, सेनाका जासुस राष्ट्रबादको आवरणमा रहेकाहरू पृथ्वीनारायण शाहको, बहादुर शाहको नाम होइन पशुपति उखेल्नु पर्दछ भन्ने बिपि कोइरालाको नाम लिन्छन् । यता हिन्दू भएको नाटक गर्दै स्कोन, साहिबाबा, प्रणामिहरू अगाडि लगाउँछन् । २०२८ सालमा नयाँ शिक्षाको नाममा पश्चिमाकरण गर्ने यिनै राजाबादी आवरणमा रहेकाहरू, योगि नरहरिनाथले नयाँ शिक्षाको बिरोध गर्दा जेलमा लगेर करेन्ट लगाउने, गुठी साटने बेच्ने कानुन बनाएर गुरुकुल शिक्षा सामाप्त गर्ने पनि यिनिहरूनै हुन् । यसर्थ मत्स्येन्द्रनाथ, गोरखनाथ, भगवन्तनाथको नाम लिँदैनन । यो अवस्थामा अहिले असली सनातनी हिन्दूहरू असली रास्ट्रबादीहरू जोगिन जरुरीछ । देखीएको दुश्मन भन्दा छद्वम दुश्मन अत्यन्त खतरनाक हुन्छ । अहिले सबैभन्दा जोगिनु पर्ने कथित राजावादी आवरणमा चिल्लाउने र राष्ट्रबादी आवरणमा रहेका बिरेन्द्रको हत्या गर्ने सैनिक हेडक्वाटरका जेलेन्स्की मोडेलका नाजिवादीहरूसँग हो ।
आरएसएसको असली अनुहार
भारतको सत्तासिन दल भाजपाको मात्रिसङ्गठन आरएसएसका अध्यक्ष मोहन भागवत । उनले अहिले गाइको मासु खानेकुराको वकालत गर्नलागेको समाचार प्रकाशित भएपछि सनसनी मच्चिएको छ । बेलायती शासनकालमै मुस्लिम र कम्युनिस्ट बिरोधि एजेन्डामा यस सङ्गठनको स्थापना भएको थियोे । बाहिर देख्दा यो सङ्गठन हिन्दूआवरणमा देखिन्छ । सन् १९७० को दशकमा आरएसएस अध्यक्ष गोलवलकरले भियतनाममा भएको अमेरिकी आक्रमणलाई समर्थन गरेका थिए । गोलवलकरको पत्र लिएर तत्कालिन अमेरिकी राष्ट्रपति जनसनलाई भेट्न अटल बिहारी वाजपेय अमेरिका गएका थिए । तत्पश्चात मुरारजी देशाइको सरकारमा ऊनी बिदेश मन्त्री बने । उक्त पत्रमा तत्कालिन आरएसएस अध्यक्ष गोलवलकरले अबको बिश्वको धार्मिक नेतृत्व अमेरिकाले गर्नेछ भनेर उल्लेख गरेको कुरा प्रा.भुपेस कुमार सिहले एनजीओ एक साम्राज्यबादी जालो भन्ने पुस्तकमा उल्लेख गरेका छन् । आरएसएस, इस्कोन, साहिबाबा, कृष्णप्रणामी, ब्रह्मामकुमारी राजयोग, राधे–राधे, हरे राम हरे कृष्ण यिनिहरूको केन्द्र अमेरिकाहो भने चर्चको केन्द्र युरोपको भ्याटिकनसिटी जसलाई अमेरिकीहरू आफ्नो धर्मको रूपमा बाइबल अङ्गालेका छन् ।
यिनिहरू जसरी अमेरिकी नागरिक रिम का अध्यक्ष बबअभाकियनले नक्कली माओवादको नाममा इसाई हिंसा चलाउन सहयोग गरे त्यो हिंसालाई आरएसएस, रअ र पश्चिमाको सहयोग थियोे अब त्यस्तै उनीहरू आरएसएस, इस्कोन, राधे–राधे आदिबाट हिन्दू जनमतलाई उतेजित बनाएर हिंसा मच्चाउन खोजिरहेका छन् । जसरी हिजो सर्बसाधारण लाई माओवादी कम्युनिस्ट भन्ने भ्रम थियो अहिले आरएसएस, इस्कोन, साहिबाबा, कृष्णप्रणामि, ब्रह्माम कुमारी राजयोग हिन्दू भन्ने भ्रमछ । रिमका अध्यक्ष अमेरिकी नागरिक बबअभाकियनले चलाएको माओवादी हिंसा जस्तो वास्तविक कम्युनिस्ट थिएन अहिले आरएसएस, इस्कोन, कृष्णप्रणामि, राधे–राधे आदि वैदिक सनातनी हिन्दू जस्तो देखिए पनि त्यो अमेरिकी योजनामा साम्प्रदायिक हिंसाको तयारीस्वरूप हो । एकातर्फ चर्च अगाडि लागाएर गौहत्या गराउने र अर्कोतर्फ गौहत्या बिरुद्ध एउटै शक्ति केन्द्रीत छ । यसकारण यो षड्यन्त्रको भण्डाफोर गर्दै गौहत्या गर्नेलाई कारवाइ गर्न दवाव सिर्जना गरौं । साधुको भेषमा आएर सीता हरणगर्ने रावणरूपी अमेरिकी आरएसएस जस्ता काला अंग्रेजÞ र इसाई इस्कोन प्रवृत्तिका सेता अंग्रेजÞदेखि साबधान ! यिनिहरू नेपाल एकीकरण बिरोधि हुन । यी छद्वमहरू नेपाल एकीकरणको जगको हिन्दुत्वको कुरा गर्दैनन् । नेपाल एकीकरण देखिनै नेपालमा हिन्दू मुस्लिम मिलेर बसेकाले तराईमा रोहिङ्गा र आरएसएस हिन्दू मुस्लिम भिडन्त गराएर अमेरिकी मिसनमै साम्प्रदायिक भडकाव ल्याउन क्रियाशिल छन् । सनातनीहरू सावधान ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल