Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बलात्कार मुद्दामा गौशाला २६ नाबालिग भएको दाबी

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेविरुद्ध सरकारी वकिलले पनि पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गरेको छ । अधिकतम सजाय माग गर्दै पुनरावेदन दिएको हो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते आठ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो ।

सन्दीपबाट बलात्कार ठहर भएकी गौशाला २६ नाबालिग भएको दाबी गरिए पनि काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागज अनुसार बालिग भएको ठहर गरेको थियो ।

सरकारी वकिलले उनी बलात्कारमा परेका बखत नाबालिग भएकाले सन्दीलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ । काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने उसले माग दाबी गरेको छ ।

बालिग ठहर भएर पनि आफूमाथि सजाय भएको भन्दै सन्दीपले फैसला बदरको माग दाबीसहित यसअघि नै पुनरावेदन गरिसकेका छन् । सन्दीपविरुद्धको मुद्दा उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता रत्नकेशरी महर्जनले हेरेको उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार