Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

स्तरीय चलचित्रको विश्व बजारमा माग बढ्ने छ 

  • नवराज श्रेष्ठ, अध्यक्ष नेपाल फिल्म सोसाईटी युएसए

नेपाली चलचित्र उद्योगको विकास र प्रवद्र्धनमा प्रवाशमा रहेर पनि अहोरात्र खटिदै आइरहनु भएको व्यक्ति हुन् नवराज श्रेष्ठ । त्यसो त समग्र कला मनोरञ्जन क्षेत्रको श्रीबृद्धीका निम्ती उहाँ तल्लिन रहदै आउनु भएको पाईन्छ । चलचित्र क्षेत्रमा एक सफल एवं चर्चित अभिनेता, निर्माता एवं निर्देशकको पहिचान बनाउन सफल नवराज श्रेष्ठले विजय पराजय, बादल, गुड लक, जोकर र आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसक्नु भएको छ भने चलचित्र ‘लुसु’को निर्माण तथा निर्देशनको तयारीमा जुट्नु भएको छ । नेपाल रेडक्रस सोसाइटी, रेयुकाई नेपाल, अभियान ग्रुप, इन्टरनेशनल लिटरेचर सोसाइटी युएस, रकी माउण्टेन फ्रेन्डसिप अफ नेपाल, एसोसिएसन नेपालीज इन अमेरिका, हेल्पिङ ह्यान्ड्स इन्टरनेशनल अमेरिका, ग्लोबल भुटानीज कम्युनिटीको लाईफ मेम्बर लगायत एनआरएनए कोलोराडो च्याप्टरका सल्लाहकार, सिन्धुली समाज युएसएका सल्लाहकार साथै दर्जनबढी समाजिक संघसंस्थामा रहेर कार्य सम्पादन गर्दै आइरहनु भएका ग्लोवल नेपाली फिल्म अवार्डका अध्यक्ष तथा नेपाल फिल्म सोसाईटी युएसएका अध्यक्ष समेत रहेका नवराज श्रेष्ठसँग ताजाखबर साप्ताहिककोे लागि गरिएको कुराकानीः

० नेपालको वसाई कस्तो रह्यो ?
छोटो समयको लागि आएको थिए । केही घर्यासी काम र केही भेटघाट थियो । जतिदिन नेपालको वसाईरह्यो एक दमै सौहार्दपूर्ण वातावरणमा बित्यो, रमाईलो पनि भयो । अब चाडै नै नेपाल आउने योजनाका साथ अमेरिका फर्किएको छु ।

० यति धेरै सामाजिक संघ, संस्थामा आबध्द हुनुहुन्छ समय कसरी मिलाउनु हुन्छ ?
संघसंस्थामा आवध्द भएर सामाजिक काम गर्दा एकदम खुशीको अनुभूति हुन्छ । फुर्सदको समयमा सामाजिक कार्यमा लाग्ने भएकोले समयको खासै छेकबार हुदैन । जहाँ ईच्छा त्यहाँ उपाए भनेको यही हो आफुमा काम गर्ने दृढसंकल्प हुनुपर्छ ।

० तपाई संलग्न संस्थाहरूले कस्तो अवस्थामा मानवीय सेवा गर्छ ?
म संलग्न भएको संघसंस्थाले देश देखि विदेशसम्म आफ्नो कला संस्कृति, मौलिक पहिचान चिनाउने काम गर्छ । आफ्नो देशमा भईपरि आउने बिभिन्न आपतकालिन अवस्थामा मानविय सेवाको लागि सकेको सहयोग जुटाउने काम गर्छ र वास्तविक पिडितसम्म पुगेर संकलित सहयोग प्रदान गर्नेगर्छ ।

० नेपाली सिने क्षेत्रमा पनि राम्रै स्थान बनाउनु भएको थियो फेरी फर्कने सोच छ कि ?
नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउने कोशिस गरिरहेको थिएँ र गरिरहेको पनि छु । व्यक्तिगत रुपले भन्दा पनि समग्र नेपाली चलचित्र जगतको हितमा कामगर्दै आईरहेको छु । नेपाली सिनेमालाई विश्व बजारमा कसरी पुराउन सकिन्छ भनेर चिन्तन मनन् र यहाँ रहनुहुने चलचित्रकर्मीहरूसंग छलफल गर्ने गरेको छु ।

० ‘सातौं ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’ हुदैछ तयारी कस्तो छ ?
सातौं संस्करणको ग्लोवल नेपाली फिल्म अवार्ड २०२४ लाई कसरी सभ्य र भव्य रुपमा सम्पन्न गर्न सकिन्छ भनेर अहिले देखि नै हाम्रो टिम अहोरात्र खटिरहेको छ ।

० तपाई ग्लोबल नेपाली फिल्म अवार्डको अध्यक्ष हुनुहुन्छ यो अवार्ड अमेरिकामा गर्नुको उव्देश्य ?
यो अवार्डलाई विदेशमा गर्नुको मुख्य उव्देश्य नेपाली चलचित्र क्षेत्रलाई गाउँ देखि विश्वसम्म पुराउनु नै हो । आफ्नो कला संस्कृति, पर्यटन प्रवध्र्दनका निम्ति र डाईस्पोरामा छरिएर बस्नु भएका कलाकारहरूलाई एकै ठाउँमा समेट्नु र नेपाली चलचित्र क्षेत्रमा पुनः सकृय गराउनु हो ।

० नेपाली चलचित्रले विश्व बजारमा स्थान नपाउनुको कारण ?
हलिउड र बलिउडका महंगा चलचित्र हेर्ने बानी परेका नेपाली दर्शकलाई स्तरिय चलचित्र बनाएर नदिएसम्म बाहिरी बजार पाउन कठिन देख्छु म त ।

० कलासंग जोडिएका थुप्रै व्यक्ति अमेरिकामा हुनुहुन्छ उहाँहरूको अवस्था कस्तो पाउनु हुन्छ ?
बिबिध कारणले यहाँ आउनु भएका चलचित्रसंग र गीतसंगीतसंग जोडिनु भएका कलाकारहरूको अवस्था सोचे भन्दा रामै्र छ । अझ ग्लोवल अवार्डले गर्दा उहाँहरूलाई पुनः कला क्षेत्रमा सकृय रहन प्रेरित गरेको छ ।

० आफूलाई समाज सेवि वा सिनेकर्मी के भनेर चिनाउन चाहनु हुन्छ ?
पहिलो प्राथमिकता चलचित्रकर्ममा र त्यस पछि समाजसेवि भनेर चिनाउन चाहन्छु ।

० प्रवासमा रहेर नेपाली सिनेक्षेत्रलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
पहिलेको चलचित्रमा गीतसंगीत पक्ष धेरै राम्रो हुन्थ्यो भने अहिलेकोमा मेकिङमा सुधार आएको पाएको छु । स्तरिय चलचित्र निर्माणमा ध्यान दिने हो भने बिस्तारै नेपाली चलचित्रको विश्व बजारमा माग बढ्ने छ ।

० तपाईको निर्देशनमा बन्ने फिल्म कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
चलचित्रलाई समाजको ऐना मानिन्छ । मैले बनाउने चलचित्र समाजको लागि केही राम्रो सन्देश बोकेको हुनुपर्छ जस्तो लाग्छ । मेरो निर्देशनमा बन्न लागेको चलचित्र ‘लुसु’ एक साहित्यकारको कृति माथी तयार गर्न लागेको छु यो पनि सन्देशमुलक नै हुने छ ।

० चलचित्र ‘लुसु’को बारेमा बताई दिनुस् न ? 
लुसु मेरो डेब्यु निर्देशन हो । दि पाल्म ग्रुप प्रालिको ब्यानरको लागि निर्मातामा शेखर लामा हुनुहुन्छ । पदम विश्वकर्माको कथा रहेको चलचित्र लुसु सामाजिक कथा हो । लुसु नेपाल र अमेरिकामा छायांकन हुनेछ ।