Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । छवि ओझासँग डिभोर्स र अंशबन्डाको प्रक्रिया समाप्त भएपछि अभिनेत्री शिल्पा पोखरेलले अहिले हलुका महसुस गरिरहेकी छन् । वर्षौंदेखि चलिरहेको मुद्दाले उनको निजी जीवन र करिअर प्रभावित भइरहेको थियो । शिल्पा र छविबीच अंशबन्डा भएको सन्दर्भ हालैमात्र मिडियाहरुमा सार्वजनिक भएको छ । जसअनुसार शिल्पाले गौरीघाटमा रहेको छविको अढाई तले पुरानो घरमात्रै अंशमा लिएकी छन् । यो घरको मूल्यांकन ४ करोड हुने छवि पक्षको दाबी छ । अदालतले आधा सम्पत्ति पाउने फैसला सुनाएको भए पनि लामो समय मुद्दा किनारा लाग्न नसकेपछि शिल्पाले छविसँग सम्झौता गरेकी हुन् । आफूले छविको सम्पत्तिको बढीमा पाँच प्रतिशतमात्रै लिएको शिल्पा बताउँछिन् । आज प्रकाशित एक अन्तर्वार्तामा उनले छविसँगको सम्बन्ध, डिभोर्स र अंशबन्डाबारे खुलेर बोलेकी छन् । आफूले लिएको घरको मूल्य मिडियामा आए जस्तो नभएको उनको दाबी छ । उनले सरकारी रेटअनुसार मूल्यांकन गरिनुपर्ने बताएकी छन् । शिल्पा भन्छिन्, ‘मेरो ऋणबाहेकको सम्पत्ति जति छ, त्यसको दुई प्रतिशतमात्र मैले लिएको हो । धेरै भन्नुपर्दा पाँच प्रतिशत । उहाँले व्यक्तिगत रुपमा लिएको ऋणको हिसाब अदालतमा हुँदैन र त्यसलाई मानिँदैन पनि । बैंकबाट लिएको लोनको मात्र मान्यता हुन्छ ।’ छविको १० करोड ऋण भएको कुरालाई पनि उनले भ्रामक बताइन् । शिल्पाको भनाइअनुसार डेढ दुई करोड ऋणको आधा उनको भागमा परेको थियो । ‘मैले बैंकको ऋण व्यहोर्नुपरेको थियो । व्यक्तिगत ऋणको कागजपत्र त म पनि बनाउन सक्छु नि होइन ? उहाँको सम्पत्तिको तुलनामा त्यो ऋण केही होइन । यदि मलाई उहाँको सम्पत्तिको लोभ भएको भए मैले माग गरेअनुसारको सम्पत्ति जिल्ला अदालतमा जितिसकेकी थिएँ’, उनी भन्छिन् । अन्तर्वार्तामा उनले पूर्वपति छवि ओझाको प्रशंसा गरेकी छन् । ओझा पारिवारिक जीवनमा असफल भए पनि फिल्म क्षेत्रको बाघ नै भएको उनको टिप्पणी छ ।
कलाकर्मी डटकमलाई दिएको अन्तर्वार्तामा शिल्पाका थप भनाइहरु यस्ता छन्ः
सर्वप्रथम त म सम्मानित अदालतलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अदालतले महिलाको पक्षमा धेरै राहत हुने कुराहरु दिनुभएको छ, धेरै सुविधा दिनुभएको छ, तर पनि एउटा सेलिब्रिटी भएको र एकदम चाँडो सञ्चारमाध्यममा पुग्नसक्ने भएको मान्छेलाई त कानूनी लडाइँ लड्न गाह्रो भयो भने यो अवस्थामा एउटा सामान्य महिलालाई कति गाह्रो हुन्छ होला ? म अहिले यही कुरा सोचिरहेको छु ।
म आफैं यो लडाइँ लड्न जिल्ला अदालत, उच्च अदालत तथा सर्वोच्च सबै अदालतमा जान तयार भएकी हुँ । मैले जिल्ला अदालतमा नै पाँच व लडेर यो लडाइँ जितेकी हुँ । मैले माना चामल, अंशबन्डा मुद्दा सबै कुरा, जति मलाई कानूनले अधिकार दिएको छ, मैले मेरो पूर्वश्रीमानबाट म छुट्टिँदा जे(जे पाउँछु, त्यो सबैमा मैले मुद्दा हालेको हुँ । मैले मुद्दा हालेपछि उहाँको बैंक खाताहरुदेखि सम्पत्तिको कारोबारसम्बन्धी सबै कुरा रोक्का हुनु स्वाभाविक नै हो । बैंक अकाउन्ट फ्रिज गर्नेसमेत मलाई कानूनले अधिकार दिएको थियो, तर मैले त्यसो गरिनँ । उहाँले पनि खानुपर्छ, बाँच्नुपर्छ भनेर क्यास पैसाहरु भएको कुनै पनि उहाँको सम्पत्ति मैले रोक्का गराएकी थिइनँ ।
मैले जिल्ला अदालतबाट भएको फैसलाअनुसार सम्पूर्ण अधिकार पाएर मैले मेरै हकमा सबै लडाइँ जितेको हुँ । अंशमा पनि आधा सम्पत्ति पाएकी हुँ । मैले माना चामल पनि मागे जति नै पाएकी हुँ, तर अदालतले दिएको अधिकारलाई अस्वीकार गरेर ६ वर्ष मैले छविजीसँग काम गर्दा मैले र उहाँले कमाएको सम्पत्तिमा मेरोमात्र सम्पत्ति लिन तयार भएँ । मलाई टाउको लुकाउने ठाउँ चाहियो, अरु कुनै पनि कमाइबाट केही पनि चाहिएन, जग्गा पनि चाहिएन, माना चामल केही पनि चाहिएन, बस मैले कमाएको सम्पत्ति मलाई घर अथवा जग्गाबाट दिनु भनेको हुँ । मलाई अब लड्नु छैन, म थाकिसकेँ भनेर मैले हिसाब घरमा गएर मिलाएकी हुँ । त्यहीअनुसार मैले अरु केही नलिएर गौरीघाटको घर लिएँ ।
माना(चामल, चार करोडको घर भन्ने सबै कुरा बकबास हुन् । त्यति धेरै मूल्यांकन भएको घर पनि होइन । एउटा खण्डहर जस्तो घर थियो, जसलाई मैले लिएर त्यसलाई ४० लाख रुपैयाँ खर्च गरेर आज बस्नयोग्य बनाएकी छु । म अहिले यही घरमा बसेकी छु ।
हुन त म यही घरमा भित्रिएकी हुँ, तर पछि मैले छाडेपछि यो घर बस्नयोग्य थिएन । एउटा खण्डहर झैं भएको थियो । छविजी पनि यो घरमा बस्न छाड्नुभएको थियो रे १ यो वाल सिस्टमको घर हो, जुन घरलाई मैले धेरै लगानी गरेरमात्र बसेकी छु । सरकारी मूल्यांकनअनुसार कुरा गर्नुपर्छ, हावामा यति र उति करोड भन्नु गलत नै हो । त्यसैले गौरीघाटको जग्गाको मूल्य अहिले गुगल सर्च गरेर पनि हेर्न मिल्छ । हेरेर आफैँ हिसाब गर्दा पनि हुन्छ, मैले कति करोडको घर लिएँ भन्ने कुरा । घरको मूल्यांकन हुँदैन । खण्डहर भैसकेको घरको के मूल्यांकन हुन्छ र रु
मेरो ऋणबाहेकको सम्पत्ति जति छ, ती सबैको दुई प्रतिशतमात्र मैले लिएको हो । धेरै भन्नुपर्दा पाँच प्रतिशत । उहाँले व्यक्तिगत रुपमा लिएको ऋणको हिसाब अदालतमा हुँदैन र त्यसलाई मानिँदैन पनि । बैंकबाट लिएको लोनको मात्र मान्यता हुन्छ । जग्गाको मूल्यांकनअनुसार नै ऋण हुन्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । छविजीको १० करोड ऋण भएको कुरा पनि सरासर भ्रामक हो । ढेड(दुई करोडको आधा ऋण मेरो भागमा परेको हो । मैले बैंकको ऋण व्यहोर्नुपरेको थियो । व्यक्तिगत ऋणको कागजपत्र त म पनि बनाउन सक्छु नि होइन रु उहाँको सम्पत्तिको तुलनामा त्यो ऋण केही होइन । यदि मलाई उहाँको सम्पत्तिको लोभ भएको भए मैले माग गरेअनुसारको सम्पत्ति जिल्ला अदालतमा जितिसकेकी थिएँ ।
अदालतमा अर्को एउटा सुविधा पनि छ, त्यो के हो भने पक्ष र विपक्ष भन्ने हुन्छ । यदि पक्षले मुद्दा हालेर जित्छ भने त्यो व्यक्तिले मुद्दाका लागि सुरुदेखि नै गरेको खर्च सबै विपक्षले व्यर्होनुपर्ने हुन्छ । त्यो पनि सुविधा थियो । मैले पाँच वर्ष मुद्दा लड्दा कति खर्च भयो होला त रु पाँच वर्षको माना(चामल कति थियो होला रु यदि मलाई त्यस्तै लोभ भएको भए मानाचामल र मुद्दाका लागि लागेको खर्च सबै लिने थिएँ होला नि त १ जिल्लामा लड्न पाँच वर्ष लाग्यो भने उच्च एक वर्ष लड्न कुन चाहिँ ठूलो कुरा थियो र रु एक वर्षमा उच्चमा फैसला हुन्थ्यो ।
सर्वोच्चको कुरा गर्नुपर्दा सर्वोच्चमा दुई पटकको सुनुवाइमा फैसला हुन्छ । बढीमा म डेढ वर्ष अझै लडेको भए उहाँको सम्पत्तिको आधा मैले पाउँथें । पाँच वर्षको माना(चामल हिसाब भएर सबै क्यासमा आउँथ्यो । सम्पूर्ण कुरा मेरो पक्षमा थियो, तर मैले सबै कुरा छाडेकी हुँ । हामी दुवैले हिसाब गरेर त्यहीअनुसार मैले घर लिएकी हुँ ।
मैले चर्को डिमान्ड गरेको कुरा पनि नआएका होइनन्, तर मेरो त्यस्तो ठूलो डिमान्ड केही पनि थिएन । एउटा महिलालाई श्रीमानसँग छुट्टिँदा पाउने जुन अधिकार हुन्छ, त्यही अधिकारमा मैले मुद्दा दर्ता गराएकी हुँ । म एउटा पब्लिक फिगर भएर तुरुन्त हरेक ठाउँमा आवाज उठाउन सक्ने क्षमता भएको मान्छेलाई पनि लड्न यति गाह्रो भयो । म अदालत धाउँदा(धाउँदा दिमागी रुपमा पनि बिरामी भएँ ।
यसको एकमात्र कारण हाम्रो समाज हो । म सबै दोष समाजलाई नै दिन्छु । श्रीमानसँग चित्त बुझेन भने अदालत जान भन्छ समाजले, अनि अदालतमा यही समाजले साथ दिँदैन । भन्दा पुरुष महिला बराबर भन्छन्, तर समाजले यो कुरा दिमाग र मनमा मात्र लिएर हिँडेको छ । यदि कुनै महिला वैवाहिक जीवनमा खुशी छैन, दबिएर बस्नु परेपछि त सम्बन्ध विच्छेदको बाटो रोज्छ नि रु खुशी मनले त गर्ने होइन नि सम्बन्ध विच्छेद रु
तर पछि यही समाजले त्यो त डिभोर्सी महिला हो भनेर छिछि गर्न थाल्छ । म आफ्नो आमाबुबासँग मज्जासँग गएर बस्न सक्थेँ, तर यो समाजले त्यो पनि दिँदैन नि १ म मेरो घरभित्र सुरक्षित हुन्छु, तर घरबाट एक कदम बाहिर राख्नासाथ मलाई असुरक्षित महसुस गराउने नजरहरुले हेर्न थालिहाल्छ । त्यसैले सुरक्षित साथ आफ्नो टाउको लुकाउन मैले घर लिएकी हुँ ।
मैले एउटा डिभोर्स गर्दा त मलाई मान्छे मारे जसरी अपमानित गरिएको छ । अहिले सामाजिक सञ्जालले गर्दा सामाजिक संरचना झन्(झन् नराम्रो हुँदै गएको छ । यही समाजले गर्दा विभिन्न कुरा गर्ने भएकाले नै यस्ता कुराहरुमा कि महिला चुप लागेर बस्छन् कि आत्महत्या गर्न बाध्य हुन्छन् ।
‘तैँले यो कुरा ठीक गरिस्’ भनेर शिर उठाएर हिँड्न सक्ने दिन हाम्रो समाजमा कहिले आउँछ होला ?
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल
२०८१ माघ ९
ताजा नेपाल