Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय फिर्ता

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि तोकिएको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय अन्ततः फिर्ता भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले यसअघिको मन्त्रीस्तरीय निर्णय खारेज गर्दै मेडिकल शुल्क पुनः यथास्थितिमा ल्याएका हुन्। यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णयमार्फत वैदेशिक रोजगारीका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट बढाएर ९ हजार ५ सय रुपैयाँ पुर्‍याएका थिए। मन्त्रालयका अनुसार विशेषज्ञ समितिको सिफारिसमा ३४ प्रकारका परीक्षण समेटिँदा शुल्क वृद्धि गरिएको थियो। तर शुल्क वृद्धि लागू भएलगत्तै श्रमिक, म्यानपावर व्यवसायी र श्रमिक अधिकारकर्मीहरूबाट तीव्र विरोध सुरु भएको थियो। उनीहरूले अतिरिक्त परीक्षणको नाममा श्रमिकमाथि अनावश्यक आर्थिक भार थोपरेको आरोप लगाउँदै निर्णय फिर्ता लिन सरकारलाई दबाब दिएका थिए। मन्त्रालय र मेडिकल व्यवसायीबीच मिलेमतोमा शुल्क बढाइएको आरोपसमेत सार्वजनिक रूपमा उठेको थियो। यसबारे सेतोपाटीले मन्त्रालयका अधिकारीहरूसँग कुरा गर्दा परीक्षणका शीर्षक थपिएकाले शुल्क तुलनात्मक रूपमा सस्तो नै भएको दाबी गरिएको थियो। तर आलोचना नरोकिएपछि गत मंसिर १० गतेदेखि लागू भएको बढेको शुल्क केही समयमै विवादको केन्द्रमा परेको थियो। निरन्तर विरोध र दबाबपछि हालका श्रममन्त्री भण्डारीले पुस ४ गते निर्णय खारेज गर्दै श्रमिकको पक्षमा कदम चालेका छन्।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल