Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आफू पदमा पुग्न जस्तो सुकै निर्णय गर्ने चाकडीवादका प्रणेता केपी ओलीले जनताको बहुदलीय जनवादले प्रतिस्थापन गरेको सिद्धान्तलाई वैगुनवाद र चाकडीवादमा परिणत गराएका छन् । ११औं महाधिवेशन अगाडि विद्या भण्डारीको पार्टी सदस्यता नविकरण भएपछि स्थगन गर्नु र संगठन विभागका काशीनाथ अधिकारीको कार्यक्षमतामा आगो झोस्नु पनि चाकडीवादीको उकेरा थियो । विद्या पार्टीमा आएको खण्डमा एकल तानाशाह बन्न ओली नपाउने अवस्था थियो । त्यही कारण अोलीले सत्ता र पार्टीमा पार्टीका प्रतिस्पर्धीलाई देख्न चाहेनन् । हिजो उनका दाशहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, गुरु बराल जस्ताको लागि एमाले ओलीकै कारण यसरी सोत्तर भयो भन्ने लागेको छ कि छैन ? तर एमालेप्रति शुभेच्छा प्रकट गर्नेहरूलाई भने लागेको छ । चुनावी हण्डर खाएका ओलीको समृद्धि र विकासले देश जताततै नांगै भएको कुरा आज छर्लङ्ग भयो ।
सहारा खोज्दै ओली
आपत परेपछि स्वार्थमा रमाउनेहरूबाट पनि अरुको सहारा खोजिन्छ । आज ओलीलाई आपत परेको छ । भ्रष्टाचारबाट जोडिएको सम्पत्ति जोगाउन कतै ट्रष्ट बनाउने नाममा कानुन विपरितका जग्गा देखिन्छ । कतै गुण्डू कुटी निर्माणको रुपरेखा देखिन्छ । जोगि बन्न राजनीति गरिँदैन । हिजो ओली त्यही भन्थे । सरकारमा रहँदा विचौलिया दीपक भट्ट र दीपक मलहोत्रासम्मका व्यापारीको हितबाहेक जनताको पक्षमा ओलीले केही गरेनन् । हिजो काँग्रेससँग मिल्दाको दुई तिहाईले देश लजायो । आज तिनैलाई विद्यादेखि प्रचण्डसम्मको साथ जरुरी भएको छ । जबकि हिजो तिनै विरोध गर्थे । ओली बिनाको एमाले हुनै सक्दैन भन्ने विष्णु, शंकर, प्रदीप चुनावमा थचारिएपछि विकल्प खोज्दैछन् । भ्रष्टाचार फाइल मिलाएर गरिन्छ । निर्देशन दिनेले दियो, काम भयो, देशको राजश्वमा धमिरा लगाएर आफू बन्नेले भाटभटेनी त प्रचण्डको भन्थे तर मीनबहादुरसँग लाजको पसारो पार्टीको लागि जग्गा दान किन लिए ? पार्टीमा विरोध भएपछि फिर्ता गर्नुप¥यो ।
कुरा प्रष्ट छ, गुरुङको १३ अर्ब राजश्व छलिको मुद्दा सर्वोच्चमा छ । कसका रहेछन् मीनबहादुर भन्ने त प्रष्ट भयो । आरोप प्रचण्डलाई लगाउने स्वार्थ आफू पूरा गर्ने ओलीपथ प्रवृत्तिमै दुष्ट देखिएपछि त्यस्तै सिट पार्टी एकता गर्नु पर्ने आवश्यकता माओवादीमा किन प¥यो । ठूलो पार्टी भएर देश लुट्न ? एमालेको अध्यक्षदेखि पदाधिकारीको वर्तमान टिम बिटुलिएको छ । त्यो टिमका कोही पनि चोखो छैनन् । प्रचण्ड र माधवलाई हिजोको असफल सत्ताको बदनाम जोगाउन केपी ओलीकै सहारा लिन किन प¥यो ? त्यहाँ पनि धेरै बदनाम छन । एक चरण जनताकाबीचमा गएर भएको संगठन सुदृढ गर्नु सट्टा ओली जस्ता कम्युनिष्टका कलंकलाई किन बोक्नु प¥यो ? रणचंगी एमाले आफैं थम्क्न दिए हुन्थ्यो कि । त्यही भित्र ओली नांगिएका छन् । हिजो विद्यालाई पार्टीमा पर्न नदिने ओलीले तिनकै साथ लिन बाध्य पार्ने समय आज तिनैले ल्याएका छन् । उनका सेवकहरू आज छिन्न भिन्न भएका छन् । कमाई सबैले पु¥याएकै छन् । त्यो वैद्य कमाई होइन ।
लुट्न दुई तिहाई
रास्वपाको नाउमा हिजो चुनावमा जनता उर्लन्छन् भन्ने सोच कसैको थिएन । पार्टी नै नपुगेको ठाउँमा कसरी मत आयो ? यिनकै कार्यकर्ता रास्वपाका मतदाता बने । सधै त्यही अनुहारलाई मत दिएको छ, चुनाव जिताएको छ, ऊ आफ्नै स्वार्थ पूरा गर्छ । मन्त्री बन्छ, छोराछोरी श्रीमतीकै वरपर लुटको राजनीति धान्छ । जनताले तिनैलाई किन सधै साथ दिन्छ ? केपी ओली दुई तिहाईको सरकारका प्रधानमन्त्री २ पटक बनाइए । तर तिनले त्यो अवधिमा केही गरेनन् । गरे त एनसेलको कर छूट, उद्योगीले विद्युत महसुल तिर्नु पर्दैन, राजश्व तिर्न पर्दैन, उत्पादन मूल्य जति लिए पनि हुन्छ, भूमिऐन विपरित गिरिबन्धु टिइस्टेट सट्टा भर्ना, सार्वजनिक सम्पत्तिमा माफियाको राज चलाउन दिने जस्ता काममा निपूर्ण थिए । सुन तस्करी ओली कालमा गुपचुप गरिन्थ्यो । विकृति र विसंगतिका जड नै ओली भएको जान्दा जान्दै अोलीले शिथिल बनाएको पार्टीसँग प्रचण्डले एकता गर्नु मुर्खता हो ।
कसका लागि एकता ?
हरेक चुनावमा सुरक्षित ठाउँ खोज्दै प्रचण्ड किन जिल्ला फेर्छन् ? टिकाउ र विश्वासयोग्य काम भएको भए क्षेत्र बदल्दै डुल्न पर्दैन थियो । डा. बाबुराम किन राजनीतिबाट पाखा लागे ? कसले विश्वास गर्छ अब रामबहादुर थापा जस्ता लन्ठुदासका कुरा । कहाँको पार्टी कता पुग्यो ? कार्यकर्ता कहाँ गए, अब पनि कार्यकर्तालाई मुख देखेर नेताले पार पाइन्छ भन्ने होला त्यो नसोचे हुन्छ । त्यसमा पनि अोलीको पार्टी त अहिले ०४८ को जनमोर्चा सरह नै हो । जेनजी आन्दोलन अगाडिसम्म त आफैं प्रम बन्न आफ्ना योजना प्रस्तुत गरेर बहुमत ल्याउने भनेर एमाले फुलेको थियो । दुई पार्टी पद्दति लागू गर्ने भनिएकै हो । धरातल देखेपछि बल्ल ५–७ ठाउँमा भए पनि गठबन्धन गर्न गुहार माग्दा स्वार्थको बखान देखियो । संकट परेपछि त सहारा चाहिँदो रहेछ । त्यही कारण बैगुवनवाद र चाकडीवादले सीमा नाघेको हो । अब एमालेको इज्जत खस्कँदो छ । ओली संकटमा पर्नु आफैंले निम्त्याएको अहंकारवाद हो । यो बुझेर पनि प्रचण्ड पछि लागेका छन् । मौका पर्नासाथ ओलीले घोक्य्राइ हाल्छन् । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई पंगु गराउने केपी ओली हुन् । उनलाई चिन्ता थियो भने दुई तिहाईको सरकार हुँदा आयोगको काम शुन्य बनाइदिनु किन प¥यो ? कुरा स्पष्ट छ, त्यहाँबाट ओलीका बांगे औंलाले घिउ निकाल्न पाउँदैथे स्वार्थमा राज्य चलाउँदा के हुन्छ त्यो देखिएकै छ । कसले ल्यायो भाद्र २३ र २४ को विद्रोह ? किन भयो विद्रोह, जनताले नरुचाएको पुरानो पुस्ता अब पनि सत्तामा रमाउन सरकार बनाएर देश लुट्न जनता भुट्न वामपन्थी एकता भन्दैछ । त्यो गल्ती नगरे हुन्छ, एमालेसँग मिलेर नेकपाले बदनामी कमाउँछ, देश बनाउँदैन ।
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल
२०८३ जेष्ठ १२
ताजा नेपाल