Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
शासकहरू मानवअधिकार उल्लंघनकर्ता हुन्छन् । त्यहीमाथि काँग्रेस एमाले त संविधानभन्दा माथि, कानुनभन्दा जेठा दल परे । तीनैले भर्ति गरेका राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनमा दमन गर्ने अधिकार लिएर संसदमा दुई तिहाईको हुर्केलोबाट मातेका महासेठमाथि प्रहार गरेको हो । हामी बाहेक कोही शासक बन्न पाउँदैन । हामीले सहमतिमा चम्काएको राज्य लुटको छानविन हुँदैन भन्ने स्वाँठहरूबाट देश र जनताको कत्लेआम गर्दा गर्र्दै चुनावमा उठ्न दिने तत्कालिन सरकारले नै आम माफी दिएकै हो । दमनकारी चरित्रका नायकहरूका घर खरानी बनाएपछि दण्ड त्यही हो । मानवअधिकार आयोगले जिम्मेवारी पूरा ग¥यो । जनताले सडकमा आन्दोलन गर्नु नै अपराध हो । किनकि काँग्रेस, एमाले दुई तिहाईको त्यो चमत्कारले जतिको ज्यान लियो त्यो कालो दाग क्रमशः घट्दो अवस्थामा छ । राजनीतिक दलहरू पनि छन् तिनले कहिल्यै सत्तामा पुगेर राम्रा काम गर्न पाउनु हुन्न । किनकि एमाले काँग्रेस त दश वर्षे जनयुद्धका पनि कत्लेआमधारी हुन् । बन्दूकको युद्ध माओवादीले गरेको फाइदा दरबारसँग मिलेर तिनैले लिएका हुन् । यस्तो लोकतन्त्र, जनताले अपेक्षा गर्नु नै व्यर्थ हो । जनतालाई सिटमोल नदिने अस्पतालहरूलाई लुटतन्त्रको खानी बनाउने पौरखी योद्धाहरूमा लाज भन्ने कुरा भएन । आज जसरी बालेन सरकार केपी ओलीको पाइलामा चल्दैछ, त्यसले शुरुमै प्रेसमाथि दमन ग¥यो । कर्मचारीको हुर्मत लियो, गणतन्त्र, संघीयता, समावेशीताका विरुद्ध बालेन लागेका छन् । जसले जनताका बीचमा प्रतिवाद, सम्वाद गर्न सक्दैन । ७६ जनाको मृत्युमा बालेन शाहको सिंहदरबार जलाइन्छ भन्ने महाजन रूपी भावनासँगै मुलुकको प्रधानमन्त्री छन् । भ्रष्टाचारीको छातीमा वाण प्रहार गर्नु पर्ने आजको आवश्यकता छ नीतिगत लुटमा सहभागी अनुहारहरू धेरै छन् । यिनको कमाइमा जनता विदेशमा बिक्री भइदिनु पर्ने अवस्था थियो र विद्यमान छ । केपी ओलीको राज्य दोहनमा साथ दिने डा. आरजु राणा, गगन थापा जस्ता ठालुको पूर्वाग्हमा सहकारी काण्डसँग जोडेर सम्पत्ति सुद्धिकरणसम्म पु¥याएर दुःख दिनेहरू छुट्नु हुँदैनथ्यो । तर उनीहरू ठूला हुन् उनीहरूलाई कानुन लाग्दैन । किनकि जसले कानुन बनायो उसैलाई कानुन लाग्दैन । आफूलाई लाग्ने कानुन कसैले बनाउँदैन ।
ओलीले आफ्नै पार्टीलाई कसरी चलाए त्यो त ११औं महाविधेशनमा भएको एक लौटी काफी छ । तिनकै दलाल, चौकडीलाई जनताले लोप्पा दिँदा बल्ल ओलीको विकल्प खोजिएको हो । यिनलाई लाज लगेन । किनकि यी ठूला थिए, सबै यिनले जान्दथे । सार्वजनिक सम्पत्ति माफियालाई सुम्पेर आफू सित्तैमा वालुवाटारमा घडेरी जोड्ने विष्णु षैडेल जस्ताको सम्पत्ति जफतै गर्नुपर्छ । किनकि ललिता निवास प्रकरणको कारबाहीबाट बच्न घडेरी फिर्ता गरर उम्कने नियम कहाँ छ ? बासवारीमा जग्गा हडप्ने विनोद चौधरी कारबाही हुनबाट जोगए । काँग्रेसी कुलायन यहाँ थिइन् ।
काँग्रेसको थेच्चर समूह र एमालेको हुँडारपथ एकै हो । पार्टीलाई केपीले आफ्नो स्वार्थको थलो बनाएकै हुन् । आरोप प्रचण्डलाई लगाउने आफू ११ रोपनी जमिन मिनबहादुरसँग लिने केपी ओली कति शुद्ध छन्, यिनको आचरणले देखायो । राज्यले यिनको उपचार गर्नु पर्ने ? डा. रामवरण र रामचन्द्र जस्ता लोभी पापीले आफ्नो स्वार्थलाई नै प्राथमिकता दिए जस्तै केपी ओलीको स्वार्थमा एमाले चलेको हो । जहाँ परस्त्री लम्पटहरूको आरोप सार्वजनिक हुँदा समेत कारबाही भएन । सत्ताका आडमा शेरधन राई, कृपाशुर शेर्पा, ऐन महर, महेश बस्नेत जस्ता किन जोगिए ?
जसले पार्टी कार्यकर्ता रूपी महिला कार्यकर्ता सुरक्षित नहुने बनाउने त्यो पार्टी कस्तो होला ? पौरखीको भिड त रास्वपामा कृष्णकुमार कार्कीदेखि ज्वाला संग्रौलासम्म कति छन् ? श्रममन्त्री र गृहमन्त्रीको विवादले पद खोसिने कार्की, संग्रौला जस्ता पौरखीमाथि अनुसन्धान नहुने हो भने काँग्रेस, एमाले भन्दा नयाँ र जान्ने छनेको रास्वपामा फरक के भो ? यिनको हाउगुजी बढ्दो छ । मानवअधिकार आयोगले कर्तव्य पूरा गरेको मात्र हो । आयोगले भन्दैमा ओली, लेखक, पृथ्वी सुब्बामाथि कारबाही हुन्छ ? रास्वपासँग जोडिएका डेढ दर्जन कुकर्मधारीहरू र जेनजी आन्दोलनका नाउमा गरिएको वितण्डारूपी शैली सामसुम हुन्छ । एमाले काँग्रेस भनेका लुटाहा र धुन्दकारी वर्ग हो । त्यो वर्गले जनताको पक्षमा सिन्को भाँच्दैन, यसले राज्य दोहन गर्ने अग्राधिकार पाएको छ । यस्ताका कुरा पत्याएर समय खेर फाल्ने काम कसैले गर्न हुँदैन ।
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल
२०८३ जेष्ठ २०
ताजा नेपाल