Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

पाँच सयका लागि हत्या

काभ्रे । मान्छेले अर्काको कति सानो विषयमा पनि मान्छेको ज्यान लिन्छ उदाहरण काभ्रेको एउटा घटना भएको छ । पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् ।

धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल–१० बेलामा लगेर हत्या गरिएको हो । हत्या आरोपित धुलिखेल–११ का २१ वर्षीय सञ्जीव मैनाली र २३ वर्षीय रूपेन्द्रमान लामालाई प्रहरीले घटनाको १२ घन्टाभित्रै पक्राउ गरेको छ ।

मादक पदार्थ सेवा गरेका दुई अभियुक्तले गफ गर्दै अलि परसम्म लगेर पाँच सय रुपैयाँ लुटेपछि ढुंगाले हिर्काएर मारेको खुल्न आएको एसपी रविकुमार पौडेलले बताए । गत बिहीबार बिहान तामाङको हत्या गरेपछि घरमै रहेका लामा र ललितपुर पुगेर बसेका मैनालीलाई डीएसपी कुमारविक्रम थापाको टोलीले पक्राउ गरेको हो ।