Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अघाएका जुकालाई दुब्लाएका पशुकाे के चासाे ?

उनै केपी ओली विरामी पर्दा पटक पटक राज्यकोषबाट करोडौं खर्च गर्दा कसैले विरोध जनाएनन् । तर अहिले विश्व महामारीले जनता आतंकित भइरहेको बेला सरकारले गर्नुपर्ने महामारीको उपचार समेत नागरिकको काँधमा थोपरेर आफूलाई कम्युनिष्ट पार्टीको नेताको रुपमा प्रस्तुत गरिरहेका छन् । यति मात्रले नपुगेर जनताको उपचारबाट हात उठाएर सांसद तथा आफ्ना सेनामेनालाई दशैं खर्च बाँड्न पनि यी समाजवादीहरुलाई पटक्कै लाज लाग्दैन । किनकि यी दुई तिहाई बहुमत प्राप्त अघाएका जुका हुन् । जसरी जुकालाइ पशु दुब्लाउनुमा चिन्ता हुँदैन त्यसैगरी वर्तमान सरकारलाइ पनि जनता राेगले मासिएकाेमा चिन्ता छैन ।

बोली र व्यवहारको तादम्यता नमिल्दा सरकारको कामको पार्टीले अपनत्व ग्रहण गरेन । शिक्षालाई निःशुल्क, सर्वसुलभ बनाउने पार्टी नीति छ । मेडिकल माफियाको तेजोबध गर्ने व्यक्ति डा. गोविन्द केसी आमरण अनसनमा बस्नुपर्छ । ठगीमा रमाएका लगानीकर्ताले सरकारको आग्रह नै स्वीकारेका छैनन् । सरकार भएको महसुस शिक्षा क्षेत्रले ग्रहण गरेन । कहाँ त्यागियो त्यो सिद्धान्त र विचार ! प्रम ओली सबैतिर जान्ने पल्टिँदा उनकै सललहकारमा बोली र छेडखानीले उनकै मर्यादा राखेन । त्यसको सत्यता सम्झनुपरेन । बरु सरकारको आलोना गर्नेमाथि कुटपिट गरेको छ । पार्टीमा निरङ्कुशता लादेको छ, यसरी कतिञ्जेल टिक्छ ? के अब नेकपाका नेता चुनावमा जानुपर्दैन ? कर्णालीको लडाइँले देशको सङ्कट देखेन । गुटबन्दीले जनताको मर्म बुझेन ।

किन गरेको नेकपा एमालेले माओवादीसँग एकता ? ओलीलाई प्रधानमन्त्री बनाउन र देशमा नीतिगत लुट चम्काउन ? कुन योजना यसले सफल ग¥यो ? कहाँको जनतालाई सेवा दियो ? गरिबीले ग्रसित भोको पेटको उद्दार भयो कहाँ ? किन नेकपाको नेतृत्व गुट स्वार्थमा मात्र रल्लियो ? जहाँ सिद्धान्त, नीति, विधि, प्रक्रिया त्यागिन्छ, त्यहाँ सुधार खोजेर पाइँदैन । भाषण गर्नेले त्यसको ख्याल गरेको देखिएन । आज नेकपाको सरकारप्रतिको विश्वास गुम्नुको कारण नेतृत्वको भ्रष्ट चरित्रले हो । भ्रष्टाचारीहरू त काँग्रेले पनि जन्माएकै हो । तिनलाई अख्तियारले सम्मान गरेकै हो । अब अख्तियारको पाहुना हुने पालो नेकपाका लुटाहा स्वभावका नेताको हो । पर्खे हुन्छ, गौँडो कुरे हात्तीलाई धाप मार्न पाइन्छ । यतिखेर नेतामा पद र गुटको खाईखेती सपार्ने होडबाजी छ । नेताले भनेको कुरा विश्वास गर्नलायक भएनन् । जनताको सरोकार त्यहाँ रहेन । पार्टी एकताको कामको चासो बालुवाटारले लिँदैन । बालुवाटार माफियाको केन्द्र भयो । जहाँ चासो दिँदा फाइदा हुन्छ, त्यहीँ ध्यान दिने गरेको छ । सङ्घीय सरकारका असफल मन्त्री फेर्न स्थायी समितिले म्यान्डेट अध्यक्षद्वयलाई दियो । तर श्री ३ कै पगरी लगाएका सबैथोक जानेका प्रम ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई वास्ता गर्दैनन् । एमालेको ओली गुटसँग पार्टी एकता गर्दाको फल हो यो । चुनावी मोर्चा गर्ने संयुक्त सरकारमा रहने पार्टी एकतामा नलतारिएको भए प्रचण्डसँग रिसाएकाहरू फर्कन्थे । सहकार्य गर्थे । अहिले माओवादीको शाख पनि रहेन, प्रतिष्ठा पनि बचेन । अरू कमजोर छन्, एमाले सच्चिँदैन ।

एमाले एमाले नै हो । आमूल परिवर्तन यो जमातबाट सम्भव छैन । त्यहाँ सुधारवादीलाई ठाउँ छैन । किनकि १४ वर्षसम्म यो पार्टीले भागबन्डामै बिताएको थियो । त्यो पनि काँग्रेस र राजतन्त्रसँग । काँग्रेस र राजतन्त्र परिवर्तनका बाधक हुन् । एमालेले तिनैसँग मिलेर खायो, कमायो । नेता महल र पजेरोप्रेमी भए । पश्चगमनकारीले सङ्घीयता, गणतन्त्र, समावेशिता पचाउँदैनन् । मुद्दा माओवादीका हुन् । १०५ जना सांसदले पुग्ने ठाउँमा २०५ हुँदै ८८५ जनालाई राज्यले पाल्दैछ । तिनका पीए, भाइभतिजा, छोराछोरीको पालनपोषण स्वास्थ्य, शिक्षामा राज्य कोष सकिँदैछ ।

नेकपाका नाउँमा सत्ताको रजाइँ तीन वर्षसम्म गरेका प्रधानमन्त्री ओलीले गरे के ? पार्टीमा अन्योल खडा गरेकै छन् । गुटको विकास गरेकै छन् । केन्द्रमा ओलीका हनुमानको आम्दानी बढेकै छ । ओलीले राम्रो गरेका छन् र कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले राम्रो गर्छन् ? सङ्घमा राम्रो छ र वागमती प्रदेशमा राम्रो खोजेर पाइन्छ ? यहाँ गल्ती प्रचण्ड र माधवको भएको छ । जस्तालाई त्यस्तै नगरेसम्म प्रधानमन्त्री ओली सप्रने भएनन् तर पनि नेकपाको जात्रा चलिरहेकै छ ।
कर्णाली प्रदेशको जात्रा देखाउने यमलाल कँडेल मौका पाउँदा वायु सेवा निगम ध्वस्त पार्न तम्सेका बहादुर थिए । स्वार्थको लागि कँडेल ओली गुटको भएको कति भयो ? वामदेवको गुटभित्र बसेर माफियाको खेलमा सहभागी यमलालको जस्तै हर्कत वागमतीमा राजेन्द्र पाण्डेले, प्रदेश– १ मा राजेन्द्र राईले देखाउँदा ओलीका दलालहरू शेरधन राई र डोरमणि पौडेलको कुर्सी रहन्छ ? अराजकता र अहङ्कारले नेकपाको बदनाम भएको तीन वर्ष भयो । पार्टीको नाउँमा सबै महाराज बन्न खोज्नेबाट हुने यही हो ।

ओली प्रम भइहाले, एमालेकालको अध्यक्ष पद छँदै थियो । उचाल्ने ईश्वर पोखरेलदेखि सीआईएको मेसिनरी छँदैछ । डलरको खेती गरेको एमाले पंक्तिले माओवादीलाई सुकुटी बनाउन बाँकी छ । कहाँ भयो पार्टीका सुझाव र सल्लाहको कार्यान्वयन ? अहिले देशमा कोरोना महामारी जागेको छ । अस्पताल छन्, त्यहाँ बिरामी जनताको पहँुँच छैन । डाक्टर छन्, तिनले पैसा हेर्छन् तर सेवा दिँदैनन् । कर्मचारी कामचोर छन् । पार्टी नीति र विधानमा नचल्दा सरकारले कामको जस पाएन । राम्रो गरे न फल प्राप्त हुन्छ । कमिसन र दलालले देश चल्दा त नेकपा भनेकै दलाल र तस्कर र माफियाले चलाएको भन्ने पुष्टि भयो । जनताको माया ममता कहाँ गयो कहाँ गयो, सिद्धान्त कहाँ छ नेकपाको विचार ? यस्तो धतुरे शैलीले चलाएको पार्टी र सरकारले कोरोनाको कमाइ चर्काउँछ, गुटको सेवा गर्छ भन्ने छर्लङ्ग भयो ।

भ्रष्टाचारी, असक्षम र दलालका नाइकेहरूलाई पार्टीले संरक्षण गर्दा न त एकताको काम पूर्ण भयो न त मन्त्रिपरिषद्मा इमानदारहरू आउन पाए । गुटभन्दा टाढा प्रम गएनन् । असक्षम, असफल र धूर्तले पदबाट हट्नै परेन । कर्णालीको लडाइँले सङ्घका धतुरेहरू बचे । यिनीहरू जो–जो बचे, तिनले नीतिगत लुट चलाउन पाए । प्रमकै इच्छामा रेल विभागमा ३३ अर्ब खेलोफड्को तत्कालका लागि रोकिएको थियो । एडीबीको पैसामा बन्दै गरेको मेलम्चीको नाउँमा आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् खानेपानी मन्त्री बिना मगरले १४ अर्बको ठेक्का लगाए ६ जना ठेकेदारहरूसँग ६ करोड कुम्ल्याउने सपना पूरा गर्दा मन्त्री पद गएन ।


सम्बन्धित समाचार