Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिउँसै परिएला है मापसे चेकिङमा

काठमाडौं । नजिकिएको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। महाशाखाले दशैं, तिहार र छठ पर्वमा हुन सक्ने दुर्घटना तथा ठगी नियन्त्रण गर्न विषेश सुरक्षा योजना नै लागू गरेको छ। त्यसै अन्तर्गत तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिएका छन्।

तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ। तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ। त्यसलाई थप सक्रिय बनाएका छौं। अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ, एसएसपी ढकालले भने।

महाशाखाले दशैं तथा तिहार लक्षित सुरक्षामा योजनाको लागि ७ सय ४९ प्रहरीको जनशक्ति थप गरेको छ। त्यस्तै अन्य समयमा हुने चेकिङ प्वाइन्टहरु पनि थप गरिएको एसएसपी ढकालले जानकारी दिए। ट्राफिक प्रहरीले अहिले पनि जोरबिजोर प्रणाली लागू गरे नगरेको सडकमा चेकिङ गरिरहेको छ। त्यसैगरी बस तथा टिकट काउन्टरमा यात्रुहरु माथि हुने ठगी नियन्त्रण गर्ने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

ट्राफिक प्रहरी यात्रु बनेर पनि भाडा देखि अन्य गतिविधि निहाली रहेको छ। ठगी गरेको पाइएमा तत्काल कारबाही हुन्छ, एसएसपी ढकालले बताए ।


सम्बन्धित समाचार