Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बास्कोटालाई डाम्ने मिश्र भन्छन्, भ्रष्टाचारमा प्रम पनि सहभागी छन्

काठमाडौं । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरीटी प्रिन्टिङ प्रेसको खरीदमा ७० करोड मोलमोलाई गरेपछि उत्पन्न तरंग अदालत प्रवेश गरेको छ । विजय प्रकाश मिश्रले नागरिकको राज्यप्रतिको कर्तव्य र दायित्वलाई मनन गर्दै संविधानको धारा ४८ (घ) प्रयोग गर्दै सत्ताद्वारा गरिएको भ्रष्टाचारको भण्डाफोर गर्न आफू सक्रिय रहेको बताएका छन् । उनले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन पटक क्याबिनेटमा प्रस्ताव लगेर निर्णय गराएकाले उनी पनि यो काण्डमा सहभागी छन् भन्ने पुष्टि हुन्छ, भनेका छन् ।

अख्तियारदेखि अदालत सम्म यो मुद्धा जीवितै छ । बास्कोटा प्रधानमन्त्री ओलीको किचेन क्याबिनेटमा रहने गरेकाले प्रधानमन्त्रीमाथि पनि प्रश्न उठेका थिए । तर अहिले अदालतमा त्यो ७० करोड मोलमोलाईको अडियो रेकर्ड सम्बन्धि मुद्धामा आफै बिरुद्ध मुद्धा परे पछि बिजय मिश्रले अदालतलाई जवाफ दिने क्रममा यो अनियमिततामा प्रधानमन्त्री ओली पनि संलग्न रहेको जिकिर गरेका हुन् ।

केही समय जापान बसेर फर्किए पछि उनले जिल्ला अदालत काठमाण्डौमा लिखित जवाफ पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको कार्यकाल नभई अघिल्लो कार्यकालमा समेत अनियमितता गर्ने उदेश्यले मन्त्रीपरिषद्बाट प्रेस खरीद सम्बन्धि नीतिगत निर्णय गराएको दाबी मिश्रले गरेका छन् ।

मिश्रले ७० करोडको अडियो सार्वजनिक भएर मन्त्रीपदबाट राजीनामा दिन बाध्य भएको केही दिन पछि मिश्र बिरुद्ध गाली बेईजति मुद्धा हालेका थिए । बास्कोटा बिरुद्ध अख्तियारमा मुद्धा बिचाराधीन रहेका बेला प्रधानमन्त्रीको समेत नाम अदालतमा जोडिएको छ ।

हेर्नुहाेस् पूर्ण पाठ


सम्बन्धित समाचार